त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई

ENGLISH

TECH

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई

21 August, 2018 | Kabiraj Adhikari | 8805 Views | comments

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पर्यटक तथा यात्रुहरुलाई सहज हुने गरी विभिन्न कामहरु भईरहेको छ । यसै क्रममा सोमबार त्रिभूवन विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई सञ्चालनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको निर्देशनमा विमानस्थलले फ्री वाइफाई सञ्चालनमा ल्याएको हो । ग्राहकहरुको सेवा, सुविधा, पर्खाइ तथा सञ्चारलाई मध्यनजर गर्दै आन्तरिक टर्मिनलमा १५ वटा वाइफाई जोडिएको छ भने प्रत्येक वाइफाई कम्तिमा १ एम.बि.पि.एस का रहेका छन् ।

यस्तै विमानस्थलको बाह्य टर्मिनलमा पनि एक हप्ता पछि लगत्तै फ्री वाइफाईको काम हुने र देशका सबै विमानस्थलहरुमा फ्री वाइफाई हुने निर्णय भईसकेको छ । यसको लागि विभिन्न इन्टरनेट कम्पनीहरुसँग सम्झौता भईसकेको छ ।

आन्तरिक टर्मिनलमा फ्री वाइफाइ सञ्चालनमा आएको र बाह्य टर्मिनलमा अर्को हप्ता देखी सञ्चालनमा आउने छ । यात्रुको सुविधामा यो सेवाले थप सहयोग मिल्ले विश्वास संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ट्वीट मार्फत गर्नु भएको छ ।

वर्ल्ड लिंकसँको सहकार्यमा सेवा सुरु भएको विमानस्थल स्रोतले बताएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK