तेस्रो अभ्यास खेलमा पनि नेपाली युवा टोली विजयी :आरपी सिंह एकेडेमी ६० रनले पराजित

ENGLISH

SPORTS

तेस्रो अभ्यास खेलमा पनि नेपाली युवा टोली विजयी :आरपी सिंह एकेडेमी ६० रनले पराजित

10 July, 2017 | Sandeep Bhattarai | 870 Views | comments

नेपाल

यू–१९ विश्वकपको तयारीमा रहेको नेपाली युवा क्रिकेट टिमले भारतको नोयडामा भएको तेस्रो अभ्यास खेलमा जित आत्मसात गरेको छ । आइतबार भएको तेस्रो खेलमा नेपालले भारतको आरपी सिंह एकेडेमीलाई ६० रनले पराजित गरेको हो ।

शाहीद विजय पथिक स्पोर्ट्स कम्प्लेक्स ग्रेटर नोयडा मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले ४५.२ ओभरमा अल आउट हुँदै १ सय ७६ रन बनायो । उसको लागि सन्दीप सुनारले ४६ रन बनाये भने दीपेन्द्रसिंह ऐरीले ३९ रन जोडे । त्यस्तै प्रनित थापामगरले ३३ रन बनाउदा रोहितकुमार पौडेलले १२ रन बनाए । आरपी सिंह एकेडेमीको लागि हर्षित सेठी ४ विकेट लिए भने सन्दीप चुतुर्वेदीको नाममा २ विकेट रह्यो ।

त्यस्तै दिपंशु यादव, स्पर्श जोशी र संकल्प यादवले समान १ विकेट लिन सफल भए । १ सय ७७ रनको लक्ष्य लिएर मैदान उत्रेको आरपी सिंह एकेडेमी ३२.५ ओभरमा १ सय १६ रनमा समेटियो । नेपालका स्पिनर साहब आलम र पवन सराफले उत्कृष्ट बलिङ गरेपछि आरपी सिंहका ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेनन् । साहब र पवनले समान ३–३ विकेट लिए ।

आरपी सिंहका लागि तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बटुल्न सफल भए । उसका लागि उत्कर्ष सुरीले २८ रन जोडे भने बबी यादवले २६ रन बनाए ।

नेपाल

नेपालले पहिलो अभ्यास खेलमा फ्रेन्ड्स स्पोर्टस् एकेडेमीलाई १ सय २१ तथा दोस्रो खेलमा गुरगावँ स्पोर्टस् क्लबलाई २ सय ४९ रनले हराएको थियो ।

नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा विजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK