तेरियाको जन्मले खुसी थिएन परिवार,उनैले जितिन संसारको मन

ENGLISH

ENTERTAINMENT

तेरियाको जन्मले खुसी थिएन परिवार,उनैले जितिन संसारको मन

22 January, 2017 | Bhawana Pathak | 895 Views | comments

आजभन्दा १४ बर्ष पहिले रुपन्देही रुद्रपूरमा जन्मेकी तेरिया मगरले भारतको चर्चित रियालिटी शो झलक देखलाजा सिजन ९ को उपाधी हात पारेकी छिन् । तेरियाले भारतमा गएर नेपालको नाम उच्च पारेको भन्दै धेरै नेपालीले गर्व गरेका छन् । उनको परिवार पनि तेरियाजस्तो सन्तान पाएर निकै खुसी छ ।

teriya

तेरियासँगै झलकमा पुगेकी उनकी आमा अनिताले जीवनमा तेरिया जस्तो छोरी पाएर आफूलाई निकै भाग्यमानी ठानेको बताईन् । उनले तेरिया जन्मदाको पल सम्झदै भनिन्, ‘तेरियालाई हामीले चाहेर जन्माएको हैन । उसको ठाउँमा हामीले छोरा चाहेका थियौँ । किनकी तेरियाकी एक दिदी भईसकेकी थिई । त्यसकारण परिवार र आफन्तले तेरियाको ठाउँमा छोराको जन्म होस् भन्ने चाहेको थियो । मैलै पनि त्यहि नै चाहेको थिएँ । ऊ जन्मेपछि केही हदसम्म परिवारसँगै म पनि दुखी भएको थिएँ ।

तर अहिले उसले गरेको काम र उसमा भएको ट्यालेण्ट देखेर आफूलाई निकै गर्व लाग्छ । उसले गर्दा नै म अहिले धेरैवटा देश घुमिसकेँ । उसकै कारण म आज संसार घुम्ने मौका पाईरहरेको छ । तेरियाले जे गरिरहेको छ, सायद उसको ठाउँमा छोराको जन्म भएको भएपनि गर्दैनथ्यो होला ।’

तेरियाले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै झलकको उपाधी हात पारेकी हुन् । झलक जितेकी उनले उपहार स्वरुप तीस लाख भारतीय रुपैयाँ , एउटा कार उपहार र ट्रफी पाएकी छिन् । उनले यसअघि सन् २०१४ मा जि टि भिको डान्स ईन्डिया डान्सको उपाधी जितिसकेकी छिन् ।

तेरियाले आफू झलकको विजेता भनेपछि यसको श्रेय आफ्ना शुभ चिन्तकहरुलाई दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो जित नै सारा नेपालीहरुको जित भएको बताउँदै सबैलाई धन्यवाद दिएकी हुन् ।

यस्तो थियो उनको झलक दिखलाजाको यात्रा

झलक दिखलाजा को नवौं संस्करणमा ६ महिना प्रतिस्पर्धा गरेपछि यसले तेरिया मगरलाई आफ्नो बिजेताको रुपमा घोषित गर्यो । भारतीयहरुको प्रियपात्र रहेका सान्तानु महेश्वरी र चर्चित कोरियोग्राफर सलमान युसुफलाई हराएर उनले कार्यक्रममा शीर्ष स्थान हाँसिल गरेकी हुन् ।

कार्यक्रमको बिचमै उनी बाहिरिएकी थिइन् । उनले ‘वाइल्ड कार्ड’ मार्फत झलकको सेटमा पुनः आवागमन भएकी हुन् । तेरियाले कुनै ‘डान्स कम्पिटिसन’ मा जीत हाँसिल गरेको यो पहिलो पटक भने होइन । उनी भारतकै एक चर्चित डान्स शो ‘डान्स इन्डिया डान्स लिल च्याम्प्स’ कोे उपाधि आफ्नो पोल्टोमा पार्ने नेपाली चेली हुन् । भारतीय मिडिया बलिउड लाइफ डट कमले तेरियाको सान्तानु महेश्वरी र सलमान युसुफ खानमाथिको उदास विजयले भारतीय सबैलाई धक्का दिएको भनी हेडलाइनको ठिक मुनीपट्टी लेखेको छ ।

नेपालको रुद्रपुरकी तेरिया र आर्यन पात्राले यो जीतसँगै झलक दिखलाजाको ट्रफीसहित नगद पुरस्कार ३० लाख भारु पाएकी छिन् ।सलमान युसुफ खान र उनका पार्टनर ऐश्वर्या राधाकृष्णन र सान्तानु महेश्वरी र अलिसा सिंह क्रमशः पहिलो र दोस्रो रनर अप भएका छन् ।कार्यक्रमको विजेता बिग बसको सेटमा भएको थियो । तेरिया मगरलाई झलक दिखलाजाको ट्रफी प्रस्तोता सलमान खानले प्रदान गरेका हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK