तीन महिनापछि सात स्थानमा इन्टरनेट सुविधा

ENGLISH

TECH

तीन महिनापछि सात स्थानमा इन्टरनेट सुविधा

2 April, 2018 | Kabi Adhikari | 2275 Views | comments

आगामी तीन महिनाभित्र काठमाडौँ महानगरपालिकाका सार्वजनिक सात स्थानबाट नागरिकले निःशुल्क इन्टरनेटको सुविधा प्राप्त गर्नेछन् ।

कामपामा आइतबार आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्मा र वल्र्डलिङ्क कम्युनिकेसन प्रालिका निर्देशक विजयकुमार जालानले सम्झौतापत्रमा हस्ताक्षर गरी नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएका हुन् ।

राख्ने स्थानमा पशुपतिनाथ क्षेत्र, बालाजु पार्क, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्र रहेका छन् । करारपत्रमा भनिएको छ, हस्ताक्षर भएको मितिले ६० दिनभित्र उक्त सुविधा सञ्चालन भइसक्नुपर्नेछ । यसको अवधि पाँच वर्षको हुनेछ ।

प्रयोगकर्ताको आवश्यकता हेरी इन्टरनेटको क्षमता वृद्धि गर्नुपर्ने पनि हस्ताक्षरपत्रमा भनिएको छ । सोही अवसरमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले पहिलो चरणमा सात स्थानमा राखे पनि अबको केही समयमा कामपाका अन्य स्थानमा पनि इन्टरनेट राख्ने तयारी रहेको जानकारी गराउनुभयो ।

त्यसैगरी, कामपाका प्रशासकीय अधिकृत धनिराम शर्माले करारबमोजिम तोकिएकै समयमा वल्र्डलिङ्कले काम गर्ने कामपाले विश्वास लिएको बताउनुभयो ।वल्र्डलिङ्का निर्देशक विजयकुमार जालानले शर्तअनुसार तोकिएकै समयमा काम गर्ने विश्वास दिँदै गुणस्तरीय सेवा दिन आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।

लामो समयदेखि राख्ने तयारी रहेपनि आन्तरिक छलफल भइरहेकाले उक्त काम हुन सकेको थिएन । यसअघि कामपाले नागरिकलाई रत्नपार्कबाट उक्त सुविधा प्रदान गरिसकेको छ ।

चीनतर्फको पनि इन्टरनेट नेपालमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पासपोर्ट

पोर्तुगलमा आप्रवासीहरुले बसाइँ अनुमति पाएको पाँच वर्ष पूरा गरेपछि पासपोर्ट पाउने

पोर्तुगलमा आप्रवासीहरुले यहाँ बस्नका लागि अनुमति (Residence Card) पाएको...

बक्स अफिस

फिल्म क्षेत्रमा ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू

सरकारले फिल्म क्षेत्रमा मंगलबारदेखि ई–टिकेटिङ/बक्स अफिस प्रणाली लागू गरेको...

‘हजार जुनी सँगै जिउन ईश्वर भाक्दै’ पल र आँचल (भिडियो सहित)

चर्चित युवाजोडी पल शाह र आँचल शर्मालाई फिचरिङ गरिएको...

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

लेगोस , नाइजेरिया । नेपाली दलालले अमेरिका लैजान्छु भनी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK