तीज मनाउन खुमन,जमुना र बिना दुबई आउने

ENGLISH

NRN GLOBAL

तीज मनाउन खुमन,जमुना र बिना दुबई आउने

लालबहादुर ढेंगा, युएई

21 July, 2016 | arjun baral | 2150 Views | comments

teejयसपालिको महिलाहरुको महान चाड हरितालिका तीज मनाउन नेपालबाट चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका जमुना सनम र मोडल तथा नृत्यगना बिना थापा दुबईमा आउने भएको छ । आगामी २६ अगस्तका दिन दुबईको इम्पिरियल सुईट होटलमा हुन गइरहेको “तीज धमाका २०७३” सांस्कृतिक कार्यक्रमका लागि नेपाली कलाकार समुहको निमन्त्रणामा आउने भएको हो ।

उक्त तीज धमाका कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकार खुमन अधिकारी, जमुना सनम र बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको बिशेष प्रस्तुति रहने छ । यस तीजको कार्यक्रमका लागि खासगरी दिदीबहिनीहरु निकै उत्सुक्तामा देखिन्छन् । युएईमा आयोजना गरिने अन्य कार्यक्रमहरुको तुलनामा तीजको कार्यक्रम भने निकै महत्व र सफल पनि हुने गरेका छन् । वैदेशिक रोजगारीमा रहेका चेलीबेटीहरुले माईतीको सम्झना मज्जाले नाचेर मिताउने भएको छ ।

सांगीतिक भ्रमणको क्रममा खुमन अधिकारी दुबईको लागि नौलो होइन । उहां फेरि तेस्रो पटक आउंदै हुनुहुन्छ । लोक गायिका जमुना सनम र मोडल तथा नृत्यगना बिना थापा भने दुबईको शहरमा पहिलो पटक आउने भएको हो । स्थानीय दर्शकहरुलाई नौलो चेहरा हेर्नलाई आतुर भएको आभास लाग्दछ । नेपालबाट आउने कलाकारहरुले पनि दुबईमा आएर बारुली कम्मर भाच्ने समेत बाचा गरेका छन् । अब हेरौ कतिका कम्मर भाचिने हो, यो त समयले पक्कै बताउने छ ।

सन् २०१५ मा रतन थापाको सक्रियता तथा रामप्रसाद ढकालको अध्यक्षतामा स्थापना भएको नेपाली कलाकार समुहले यएईस्थित छरिएर रहेका कलाकारहरुलाई एकजुट गराउंदै विभिन्न सांगीतिक कार्यक्रमहरु पस्कदै आएको छ । कार्यक्रमलाई व्यवस्थित ढंगले रोचक र मनोंरञ्जनात्मक बनाउनका लागि आयोजक समिति सशंक्त रुपमा लागि परेको अध्यक्ष ढकालले जानकारी दिनु भएको छ । यसै समाचारको आधारमा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई चुल्हे निम्तो गर्दै उपस्थितिका लागि आग्रह गरेको छ ।

युएईमा अन्र्तराष्ट्रिय नेपाली कलाकार समाजको प्रथम अधिवेशन सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK