तीजमा पाल्पाली समाज युएईले सामूहिक दर खुवाउने

ENGLISH

NRN GLOBAL

तीजमा पाल्पाली समाज युएईले सामूहिक दर खुवाउने

12 June, 2016 | Sandeep Bhattarai | 540 Views | comments

‘एक्काइसौं शताब्दीको आवश्यकता सीप र ज्ञान, युएईको माटो सुहाउँदो पाल्पालीको अभियान’ भन्ने मुलमन्त्रमा आबद्ध भएका पाल्पालीहरुले आगामी तीजको अवसर पारेर नेपाली चेलीहरुलाई सामूहिक रुपमा दर खुवाउने भएका छन् ।

Palpali-Samaj-UAE

आगामी १९ अगस्ट शुक्रबारका दिन सामूहिक रुपमा दर खुवाउने कार्यक्रम राखेको समाजका महासचिव वेदप्रकाश अर्यालले १० जुनको मासिक बैठकपछि जानकारी दिएका छन् ।

बैठकले नयाँ नीति तथा कार्यक्रमको ब्यवस्थापन, समाजलाई सशक्तरुपमा कसरी अगाडि बढाउने, आउँदै गरेको इदलाई भव्यताका साथ मनाउने तयारी पनि गरेको अर्यालले जानकारी दिएका छन् । समाजका क्षेत्रीय समिति विस्तार लगायतका प्रस्तावहरुमाथि छलफल भएको जनाइएको छ ।

ईदको बिदामा विशेष कार्ययोजना बनाई सम्पन्न गर्ने र नेपालीहरुका विशेष चाड जनैपुणिर्मा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी र हरितालिका तीजलाई मध्यनजर गर्दै अगस्ट १९ गते २०१६ का दिन भव्यतापूर्वक कार्यक्रम पाल्पालीहरुले गर्ने जनाइएको छ ।

बैठकले समाजका गतिविधिहरुमा विभिन्न तरिकाले सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई विशेष धन्यवाद प्रस्ताव पनि पारित गरेको छ ।

पाल्पाली समाजका अध्यक्ष खुमबहादुर आलेको सभापतित्वमा बसेको बैठकमा प्रमुख सल्लाहकार कृष्णप्रसाद आचार्य तथा समाजका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरु, शुभचिन्तकहरु एवम् रोजगारीको क्रममा यूएईमा रहेका पाल्पालीहरुको उत्साहजनक उपस्थिति रहेको महासचिव अर्यालले बताए ।

यो पनि हेर्नुस – युएईमा तीजको अवसर पारेर झापाली र स्याङ्जालीको प्रतिस्पर्धा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रविन्द्र अधिकारी

असारको पहिलो साताभित्र राजविराजबाट नियमित उडान हुने : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले राजविराज...

प्रचण्ड

पाँचवर्षसम्म सरकार सञ्चालन हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित...

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK