तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदै

ENGLISH

तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदै

3 September, 2016 | Sandeep Bhattarai | 1920 Views | comments

नेपाली नारीले भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज दर खाँदैछन् ।

दर

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन दश पटक खाने चलन छ । द्वितीयाका दिन राति १२ पछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम शास्त्रीय रुपमा निराहार व्रत मात्र बस्ने विधान नरहेको बताउनुहुन्छ । “निराहार, जलाहार र फलाहार गरी तीन किसिमका व्रत विधान शास्त्रमा छ, भोलि निराहार व्रत बस्नु छ भने अघिल्लो दिन धेरै खाएर र भोलिपल्ट पानी पनि नखाई व्रत गर्दा वर्तालुको स्वास्थ्यमा समस्या आउने गरेको छ, वेदमा ‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्मालाई रक्षा गर भनिएको छ, नसक्नेले निराहार व्रत बस्नुपर्दैन”–उहाँले भन्नुभयो ।

धार्मिक मान्यतानुसार सत्य युगमा पार्वतीले पनि भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयामा व्रत गर्दा महादेव स्वामी पाएको विश्वास छ । ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिलो प्राथमिकता शरीरलाई दिएर मात्र धर्म साधना गर भन्ने मान्यताका आधारमा पनि स्वास्थ्य खराब हुने गरी व्रत बस्न नभनिएको अध्यक्षको गौतमले बताउनुभयो ।

तीजको व्रत पतिको आयुका लागि मात्र बस्ने गरिएको भनी गलत प्रचार गरी शास्त्रीय मान्यता नबुझी धर्मलाई गाली गरिएकामा सत्य कुरो बुझ्नतर्फ लाग्न उहाँले अनुरोध गर्नुभयो । समग्र परिवार, विद्या, धन र बुद्धिका लागि व्रत गर्ने विधान छ । नारीले व्रत गर्न नसक्दा उनका श्रीमान्ले व्रत गर्ने प्राचीन परम्परालाई हेर्दा पनि समग्र परिवारकै लागि व्रत बस्ने परम्परा सुरु भएको बुझिन्छ ।

केही वर्षअघिदेखि तीजको दर खाने नाममा एक महिना पहिलेदेखि भोजभतेर गरेर संस्कृतिका नाममा विकृति सुरु भएको संस्कृतिका अध्यापक दिनेश थापा मगरले बताउनुभयो । “प्राचीन ऋषि परम्पराअनुसार खोज अनुसन्धान गरी व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि उपयुक्त विषयलाई अघि बढाइएको थियो तर मानिसले पछि थपेका विकृतिले धर्मको वैज्ञानिक पक्षलाई पनि ओझेलमा पार्न थालेको छ”– उहाँले भन्नुभयो ।

यो पनि हेर्नुस – हरितालिका तीज विशेष (फोटो फिचर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK