तिहारको अवसर पारेर जापानमा सामुहिक टिका

ENGLISH

NRN GLOBAL

तिहारको अवसर पारेर जापानमा सामुहिक टिका

22 October, 2017 | Bipin Acharya | 1545 Views | comments

तिहारको अवसर पारेर जापानमा सामुहिक टिका लगाइएको छ ।

कला संस्कृतिको जर्गेना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले सामुहिक रुपमा टिका थापेका हुन् । निष्ठा र दिर्घायु तथा दानदक्षिणा दिएर मनाइने भाइटिका पर्वमा एकआपसमा परिचित नभएका समेत टिका र माला लगाएर दाईभाई र दिदीबहिनी बने । भाइटिकामा गरिएको यो कार्यलाई उनीहरुले विविधतामा एकताको सन्देश भएको बताएका छन् ।

देउसीभैलोबाट सुरु भएको विविधताका एकताको प्रयास भाईटिकाको दिन सामुहिक टिका लगाइएको हो । भाइटिका साइत अवेर भएकाले धेरैजनाले ३ बजेपछि लगाएका थिए । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका,नागोया,फुकुओका लगायतका स्थानका नेपालीले पञ्चांग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभकार्यलाई जापानी समय अनुसार ३ बजेर ५ मिनेटमा टिका लगाएका नागोयाका अनुप पौडेलले बताए ।

कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टिका लगाएको र देउसीभैलोमा प्राप्त गरेको दक्षिणा सहितका दृष्य सामाजिक सञ्जालमा अपलोड भएका छन् । कुकुरलाई माला लगाएर तिहार भित्राएका यहाँका नेपालीले नेपालमा जस्तै सेल रोटी,फिनी र लड्डु,रसबरी लगायतका मिठा परिकार बनाएको र मादल,गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा जापानी नागरिक उत्साहित भएका थिए ।

उनीहरुले जानेको नेपाली कला संस्कारलाई भटाएर देशमा दिगोशान्तिको कामना पनि गरेका छन् । टोकियोका धेरै स्थानमा समुह बनाएर सामुहिक रुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो बिकृति हटाउन पछिल्ला दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरेनन् । मोवाइल पनि नबजाएका उनीहरुले परम्परागत महत्व झल्काउन एकआपसमा को कहाँबाट आएको र के जात नभनी नेपाली दाईभाई र दिदीबहिनी भनेका थिए ।

भाइटिकालाई लक्षित सप्तरंगी फुल,टिका,माला र मिठा परिकार बाहिरै बिक्रिका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी घोरिएका र कामले बनाउन नसकेका नेपाली शनिवारसम्म किन्न पुगेका दृष्य अनौठा थिए । शुक्रवार चितवन समाजले टोकियोको सिनओकुबोमा सुरु भएको देउसीभैलो कार्यक्रम ओकुबो हुदै बाक्लो उपस्थिति भएका अधिकांश स्थानमा गरिएको थियो । यो कार्यआज पनि जापानमा जारी छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK