तीन जनालाई ५ वर्षमा बोनस मात्रै ८ करोड अमेरिकी डलर

ENGLISH

SPORTS

तीन जनालाई ५ वर्षमा बोनस मात्रै ८ करोड अमेरिकी डलर

4 June, 2016 | Krishna Adhikari | 530 Views | comments

फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका तीन पूर्व उच्च अधिकारीले ८ करोड अमेरिकी डलर बोनस लिएको फिफाको उच्च स्रोतले जनाएको छ ।

पाँच वर्षको अवधिमा फिफाका तीन पूर्व उच्च अधिकारी सेप ब्लाटर, जेरोम भाल्का र मार्कस काट्नरले तलब बृद्धी तथा बोनस गरी ८ करोड अमेरिकी डलर लिएको बताएको छ ।

सन् २०११ देखि २०१५ को बिचमा फिफाका पूर्व अध्यक्ष ब्लाटर, पूर्व महासचिव भाल्का र बर्खास्तीमा परेका पूर्व वित्त प्रमुख काट्नरले यो रकम लिएका हुन् ।स्वीस प्रहरीले बिहीबार काट्नरको पुरानो कार्यालयमा गरेको छापाको क्रममा भेटिएका कागजातबाट यस्तो खुलेको हो ।

फिफाले भ्रष्टाचार आरोपमा ब्लाटर र भाल्कासहितका पूर्व अधिकारीमाथि छानबिन गरिरहेको छ । ब्लाटर ६ तथा भाल्का १२ वर्षका लागि फुटबल सम्बन्धी कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लागेको छ । काट्नरको कार्यालयबाट कागजात तथा त्यसको इलेक्ट्रोनिक कपी बरामद गरिएको र अहिले छानबिन चलिरहेको छ ।

यो पनि पढ्नुहोस् – कोपा अमेरिका कप भोलिदेखि सुरु (तालिका सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसियाड फुटबल

एसियाली फुटबलमा नेपाल जापानसंग १-० ले पराजित

  १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको पहिलो खेलमा...

एसियाड फुटबल

एसियाड फुटबल : नेपाल र जापान भिड्दै

इन्डोनेसियामा हुने १८ औँ एसियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले...

सानो हामो घर

प्रज्ञाको ‘सानो हामो घर’ सार्वजनिक( भिडियो सहित )

गायिका प्रज्ञा लामाको नयाँ गीत सानो हामो घर बोलको...

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाद्वारा गाँउपालिका प्रमुख तामाङ सम्मानित

यहि अगष्ट १२ तारिख आइतबारका दिन, गाउँपालिका राष्ट्रिय महासंघका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK