तिज गीत ‘चिटिक्कै मलाई सुहायो’ सार्वजनिक (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

तिज गीत ‘चिटिक्कै मलाई सुहायो’ सार्वजनिक (भिडियो सहित)

19 July, 2018 | Sandeep Bhattarai | 3560 Views | comments

हिन्दू नारीहरुको महान पर्व तिजको अवसर पारेर गायक बद्रि पंगेनी र गायिका कला पंगेनीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्दमा “चिटिक्कै मलाई सुहायो” बोलको तिज गीतको म्यूजिक भिडियो गोर्खा रेडियो यूकेले आफ्नो युट्युब च्यानम मार्फत सार्वजनिक गरेको छ ।

परदेशिएको आफ्नो मायालुसंग पोखिएको वेदनाले भरिएको यस तीज गीतमा ढाका टोपी र गुन्यू चोलीमात्र होइन परदेशदेखि गाउँघर अनि मेलापात समेतलाई समेटिएको छ ।

बाध्यताले परदेश लागेको मायालुको बारेमा सुनेका कुराहरुले चसक्क दुखेको मन अनि परदेशमा भोगेको पीडालाई गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ । उक्त गीतको म्यूजिक भीडीयोमा अहिले सर्वाधिक लोकप्रिय बनेको म्यूजिक भिडियो “बोल माया “ मा सफल अभिनय गरेकी अन्जली अधिकारी र मोडल महेन्द्र गौतमको जोडदार अभिनय रहेको छ ।

पछिल्लो समयमा प्रकाश सपुतको ‘बोल माया’मा निकै चर्चा पाएकी अन्जलिका थुप्रै तीज गीतहरु बजारमा आएका छन् । यस गीतको म्युजिक भिडियोमा प्रविन थापाको निर्देशन, शक्ति प्रज्वल घिमिरेको छायांकन तथा सम्पादन रहेको छ भने दृश्य निर्माणमा ह्वाइट मिडिया प्रा.लि. को रहेको छ ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK