तामाङ सोसाईटी अफ एन-एस-डबल्यु सिड्नीको अध्यक्षमा सुनदोर्जे तामाङ

ENGLISH

NRN GLOBAL

तामाङ सोसाईटी अफ एन-एस-डबल्यु सिड्नीको अध्यक्षमा सुनदोर्जे तामाङ

27 July, 2018 | Sandeep Bhattarai | 2555 Views | comments

तामाङ सोसाईटी

तामाङ सोसाईटी एन-एस-डबल्यु सिड्नीको दशौ वार्षिक साधारण सभा मार्फत सर्वसम्मत रूपमा सुन दोर्जे तामाङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।

१० वर्ष देखी अस्ट्रेलिया, सिड्नीमा तामाङ एकता, संस्कृति, भेषभुषा सम्बर्द्धन र प्रवर्द्धन गर्दै आएको समाजको साधारण सभा विभिन्न ब्यक्तिवहरुको उपस्थितिमा सिड्नीको ओवनमा सम्पन्न भएको थियो।

संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार अरुण तामाङले कार्यक्रमको प्रमुख संयोजन गर्नु भएको थियो भने संस्थाका निवर्तमान महासचिव किशोर तामाङले संस्थाले विगतमा गरेका सांस्कृतिक कार्यक्रम, आर्थिक सहयोग कार्यक्रम, पिकनिक-बार्बेक्यु लगायतका भेटघाट कार्यक्रम, विभिन्न संयोजन कार्यक्रम लगायतका कार्यक्रमहरू बारे जानकारी गराउनु भएको थियो।

संस्थाले कार्यसमितिलाई थप विस्तार गर्दै अध्यक्षमा सुन दोर्जे तामाङ, उपाध्यक्षमा सरस्वती तामाङ, किशोर तामाङ र अनिल तामाङ, महासचिवमा अविरल तामाङ, सचिवमा विशाल तामाङ, कोषाध्यक्षमा अनिल तामाङ ‘लो’,सह-कोषाध्यक्षमा प्रवीण तामाङ, सांस्कृतिक संयोजकमा कमल तामाङ र रश्मि तामाङ र युवा संयोजकमा योजन्जी तामाङलाई सर्वसम्मतले निर्वाचित गरेको छ।

नयाँ कार्यसमितिको चयनसँगै संस्थालाई नयाँ गति र नयाँ कार्यक्रमहरूका साथ सिड्नीमा रहनु भएका सबै तामाङहरूलाई समावेश गर्न सकिने किसिमले अगाडि बढाउँदै लगिने प्रतिबद्धता नवनिर्वाचित अध्यक्ष सुन दोर्जे तामाङले बताउनु भएको थियो।संस्थाका निर्वतमान अध्यक्ष दिल तामाङले आफ्नो कार्यकालका कार्यक्रमहरू, संस्था र कार्यक्रमलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने वरिष्ठ सल्लाकार अरुण तामाङले संस्थाबारे थप जानकारी तथा संस्थाले भविष्यमा अवलम्बन गर्नु पर्ने बाटोबारे प्रकाश पार्नु भएको थियो। नवनिर्वाचित महासचिव अविरल तामाङले आउने कार्यकालमा संस्था थप सवल र प्रभावकारी कार्यक्रम र लक्ष्यका साथ अगाडी आउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

तामाङ सोसाईटी एन-एस-डबल्यु सिडनीले विगत १० वर्ष देखी सिड्नीमा हरेक वर्ष बृहत ल्होछार कार्यक्रमको आयोजना गर्ने, विभिन्न तामाङ सम्बन्धित संरक्षण र प्रबर्धनका कार्यक्रमहरू , सम्मान तथा नयाँ विद्यार्थीहरूलाई सूचना प्रदान , विभिन्न सहयोग गर्ने लगायतका प्रवासमा तामाङ हितको कार्य गर्दै आएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

काठमाडौँ

इपिएल : काठमाडौँद्वारा पोखरा पाँच विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ...

ज्यामरुककोट गाउँ

ज्यामरुककोट गाउँ

म्याग्दी जिल्ला बेनी नगरपालिका–२ स्थित सुन्दर ज्यामरुककोट गाउँमा कृषकले...

सम्झौताअनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ कम्पनीमा कामदार पठाउन रोक

वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न...

विद्यालय

नेपाली विद्यालय कतारमा स्थापना गर्न आग्रह

नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK