तामाङ समाज बेल्जियमले सोनाम ल्होछार ज्या ल्हो धुमधामले मनाउने

ENGLISH

NRN GLOBAL

तामाङ समाज बेल्जियमले सोनाम ल्होछार ज्या ल्हो धुमधामले मनाउने

21 January, 2017 | Krishna Adhikari | 895 Views | comments

gd
तामाङ समाज बेल्जियमले गत बर्षहरुमा जस्तै यस बर्ष पनि बेल्जियमको लुभेनमा यहि २८ जनवरिमा तामाङहरुको महान पर्व २८५३ औं सोनाम ल्होछार ज्या ल्हो ( चरा बर्ष ) धुमधामले मनाउने भएको छ । यसको लागी सम्पुर्ण तयारि पुरा भएको र सम्पुर्ण बेल्जिमय बासि नेपाली दाजु भाई दिदि बहिनिहरुलाई उपस्थितीको लागी समाजका अध्यक्ष राम तामाङले अनुरोध गर्नु भएको छ ।

सो ल्होछार कार्यक्रमको प्रमुख अतिथि नेपालको तर्फबाट बेनेलक्स तथा युरोपियन युनियनका महामहिम राजदुत लोक बहादुर थापाबाट उद्घाटन हुनेछ भने नेपाल र पोर्चुगलबाट आउने ख्याति प्राप्त तामाङ कलाकारहरुको साथमा स्थानिय कलाकारहरुले कार्यक्रमलाई संगितमय बनाउनुको साथै मनोरञ्जनपुर्ण हुनेछ । सो अवसरमा बेल्जियम स्थित् एनआरएन लगायत बैचारिक, सामाजिक तथा जातिय संघ संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थिती रहने र तामाङ ल्होछारजन्य खानपिनको पनि ब्यबस्था रहेको जानकारि उहाँले दिनु भयो ।

तामाङ जातिको १२ वटा ल्हो (बर्ष)हरु हुने र हरेक बर्ष एक एक गरि घुम्दै नयाँ बर्ष सुरु हुने भएकोले त्यहि ल्हो फेर्ने दिनलाई तामाङहरुले सोनाम ल्होछारको रुपमा मनाउदै आएको छ । यस बर्ष टे (बाँदर) बर्षलाई बिदाई गरि सोनाम ल्होछार २८५३ओं ज्या ल्हो (चरा) बर्षको स्वागत गर्दै मनाउने छ । नेपालमा भने यसलाईे पर्वको रुपमा राज्यले स्विकार गरि तामाङहरुलाई राष्ट्रिय बिदा दिन थालेको २०५१साल देखि मात्रै हो ।

सोहि ल्होछार कार्यक्रमको बिचमा युरोप डायस्पोराका बिभिन्न देशबाट तामाङ प्रतिनिधिहरु पनि जम्मा हुने भएकोले युरोप तामाङ समाज तदर्थ समितिलाई पुर्णता दिने कार्यक्रम पनि रहेको तामाङ समाज युरोपका संयोजक बाबुराजा लामाले जानकारि दिनु भयो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK