तामाङ समाज जापानद्वारा रमेश तामाङको परिवारलाई सहयोग

ENGLISH

NRN GLOBAL

तामाङ समाज जापानद्वारा रमेश तामाङको परिवारलाई सहयोग

11 September, 2016 | Bipin Acharya | 875 Views | comments

नेपाल तामाङ समाज जापानले अध्ययनका लागि जापान पुगी टोकियोमा निधन भएका रमेश तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

radhika-tamanag

समाजले  काठमाडौंमा एक समारोहको आयोजना गरी सङ्कलन भएको रकम हस्तान्तरण गरेको हो । समारोहमा प्रमुख अतिथि कृषि विकास राज्यमन्त्री राधिका तामाङले समाजको तर्फबाट पीडित परिवारलाई चेक हस्तान्तरण गरेकी थिइन् ।

जापानबाट प्राप्त २७ लाख, १२ हजार २३ जापानी येन बराबरको चेक मृतक रमेशकी आमा देवीमाया पाख्रीनलाई प्रदान गरिएको थियो ।

करिब दुई वर्ष अघि अध्ययनका लागि जापान गएका रमेशको गत साउन ३१ गते उपचारको क्रममा अस्पतालमै निधन भएको थियो । तामाङ समाज जापान लगायत नेपालीहरूको पहलमा उनको शव भदौ ८ गते नेपाल पठाइएको थियो ।

अस्पतालमा रहेको उनको शवलाई नेपाल पठाउन आर्थिक सहयोगका लागि तामाङ समाज जापानले जापानमा रहेका नेपालीहरूलाई आहृवान गरेको थियो । सोही क्रममा करिब ३६ लाख जापानी येन सङ्कलन भएको त्यसबाट शव नेपाल पठाउादा करिब ९ लाख येन खर्च भएकोले बााकी रकम सहयोग स्वरुप परिवारलाई प्रदान गर्ने निर्णय भएको नेपाल आइपुगेका समाजका अध्यक्ष कर्म वाङ्गेल लामाले जानकारी दिए ।

अध्यक्ष लामाले दुःखको बेला मानवीय भावनाले सहयोग गर्ने उद्देश्यले पहल गरिएको र यसका लागि आर्थिक सहयोग प्रदान गर्ने जापानका सबै नेपालीहरूलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा राज्यमन्त्री राधिका तामाङले स्वदेशमा शिक्षा र रोजगारीको वातावरण नभएकोले बाध्यताले विदेशिनु पर्दा यस खालको दुःखद् घटना भएको बताइन् ।

उनले स्वदेशमै रहन सक्ने खालको वातावरण बनाउन सबैको योगदान हुनुपर्ने बताइन् । यसैगरी उच्च शिक्षा हासिल गर्ने सपना अधुरो रहेकोले रमेश तामाङको नाममा उनले अध्ययन गरेको विद्यालयमा अक्षयकोष खडा गरी उनीप्रति सम्मान व्यक्त गर्नुपर्ने राज्यमन्त्री तामाङको सुझाव थियो ।

रकम हस्तान्तरण समारोहमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का सचिव प्रतीक ङेसुर तामाङ र नेपाल तामाङ घेदुङका महासचिव बाबु घिसिङले रमेश तामाङको परिवारलाई सहयोग गरेकोमा तामाङ समाज जापानको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

यसैगरी मृतक रमेशका दाजु राजु तामाङले घटनाको विस्तृत जानकारी दिादै शव नेपाल पठाउन विशेष सहयोग पुर्‍याएकोमा तामाङ समाज जापान र त्यहाा रहेका सम्पूर्ण नेपालीहरूप्रति परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे । उनले समाजलाई परिवार तथा आफन्तजनको तर्फबाट ‘धन्यवादपत्र’ समेत प्रदान गरे ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK