तान्जानियामा अलपत्र परेका पााँच नेपालीको एनआरएनएबाट उद्धार

ENGLISH

NRN GLOBAL

तान्जानियामा अलपत्र परेका पााँच नेपालीको एनआरएनएबाट उद्धार

लिनुपर्ने बाँकी तलब कम्पनीको मुम्बईमा रहेको कार्यालयले दिने

18 January, 2017 | Yadab Devkota | 2545 Views | comments

NRNA Tanzinaदार ए सलाम , तान्जानिया । विगत एक बर्षदेखि तलब नदिएर फिर्ता टिकट र पासपोर्ट समेत खोसेर राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ तान्जानियाले उद्धार गरेको छ ।

तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धी उद्याग कङारू मिनरल्समा भारतको मुम्बईहुँदै दुई बर्ष अघि रोजगारीका लागि आएका नृपबहादुर टमटा, जगतबहादुर कुँवर र अमराज सार्की, लोगे टमटा र भुवन कुँवरको उद्धार गरिएको हो ।

एनआरएनए तान्जानियाका अध्यक्ष रोशन थापाले ती नेपाली एक वर्षदेखि अलपत्र परेको घटनाको जानकारी एक महिना अघि आएपछि उनीहरुको तलब, टिकट र पासपोर्टका लागि रोजगारदाता कम्पनीसंग आवश्यक पहल थालेकोृ बताए ।

थापाका अनुसार कम्पनीले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भएपछि र बाँकी रकम कम्पनीको भारतको मुम्बईस्थित कार्यालयमा कुरा गर्ने सहमती भएपछि उनीहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको हो ।

त्यस्तै एनआरएनए अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितिले कुशलतापूर्वक उद्धारको संयोजन गरी विपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

यस कार्यको लागि आवश्यक सहयोग र सल्लाह दिने प्रिटोरियास्थित नेपाल दूतावास, राजदुत अमृतबहादुर राई र संघका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको विशेष सहयोग रहेको पनि कार्कीले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र...

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK