तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

ENGLISH

TRAVEL

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

21 July, 2018 | Sandeep Bhattarai | 4565 Views | comments

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको मुख्य पाँचौँ गन्तव्यस्थल बनाउने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७५/७६ का लागि तानसेन नगरपालिकाको तेस्रो नगरसभाद्वारा पारित नीति, बजेट तथा कार्यक्रमको सार्वजनिकीकरणका लागि शनिबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बाह्य पर्यटकका लागि तानसेनलाई मुख्य १० स्थानको सूचीमा पुर्याउने लक्ष्यका साथ योजना निर्माण कार्य अघि बढाएको जानकारी दिइयो ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले शिक्षा, खेलकूद, मनोरञ्जन, स्वास्थ्य, धार्मिक क्षेत्रमा आधारित पर्यटन विकासका लागि साझेदारी अवधारणामा कम्तीमा रु पाँच अर्ब लगानी भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि चीनको कोरला नाकादेखि नवलपुर जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको आयोजना तथा छेर्लुङ–तानसेन खण्डलाई सिद्धार्थ रार्जमार्गमा जोडी तानसेन–सुनौली डेडिकेटेड फास्ट ट्र्याक निर्माण गरी सञ्चालन गर्ने तानसेन नगरपालिकाको नीति, बजेट तथा कार्यक्रममा समावेश गरेको छ ।

आगामी चार वर्षभित्रमा रिडी रानीघाट एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम सञ्चालनमा ल्याउने, तानसेन–१० गुफाचौरमा मुलुककै ठूलो गणेशधामका रुपमा स्थापना गरी कम्तीमा वार्षिक १० हजार धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ काम अघि बढाउने गरी योजना निर्माण गरिएको प्रमुख शाहीले बताउनुभयो ।

तानसेन नगरपालिकाले नगरक्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीयस्थल, तालतलैया र सीमसार क्षेत्रको विकासका लागि गुरुयोजना तयारी गरी सोका आधारमा योजना कार्यान्वयन गरिनेछ ।

नीति, बजेट तथा कार्यक्रममा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने, रिडीको ऋषिकेश, रतनपाडे, साधनास्थल, लिपिनदेवी, भगवती मन्दिर, अमरनारायण मन्दिर, वंशगोपाल, कोकलदेवी, माण्डण्य आश्रम, गुफाचौरलगायत क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि प्राथमिकताका साथ योजना अगाडि बढाएको छ ।

तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत कीर्तनराज पौडेलले आव २०७५/७६ का लागि रु ८० करोड १३ लाख १० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । तीमध्ये चालूतर्फ रु ४७ करोड ५९ लाख र पुँजीगततर्फ रु ३२ करोड ५३ लाख रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

काठमाडौँ

इपिएल : काठमाडौँद्वारा पोखरा पाँच विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ...

ज्यामरुककोट गाउँ

ज्यामरुककोट गाउँ

म्याग्दी जिल्ला बेनी नगरपालिका–२ स्थित सुन्दर ज्यामरुककोट गाउँमा कृषकले...

सम्झौताअनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ कम्पनीमा कामदार पठाउन रोक

वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न...

विद्यालय

नेपाली विद्यालय कतारमा स्थापना गर्न आग्रह

नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK