वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
मंगलबार साँझ पशुपति आर्यघाटमा हिन्दू र बौद्ध विधिअनुसार अन्तिम संस्कार गरियो । उहाँको पार्थिव शरीरमा जेठा छोरा किशोरले दागबत्ती दिनुभयो । अन्तिम संस्कार गर्ने क्रममा बौद्ध लामाले बौद्ध संस्कारअनुसार मन्त्रोच्चारण गरेका थिए ।
राष्ट्रगानका सङ्गीतकार गुरुङप्रति उपप्रधान, तथा रक्षामन्त्री भीमबहादुर रावलले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गर्नुभयो । त्यस्तै नेपाली सेना र नेपाल प्रहरीले सलामी अर्पण गरेका थिए ।
यसअघि स्व गुरुङको पार्थिव शरीरलाई बिहान ११ बजेदखि अपराह्न ३ बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो ।उहाँको उपचारका क्रममा मंगलबार बिहान ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको थियो । गुरुङको अन्तिम बिदाइमा गीत–सङ्गीत क्षेत्रका व्यक्ति र हजारौँ सर्वसाधरण सहभागी भएका थिए ।
विदेशमा आफैंले कमाएर पठाएको सम्पत्तिले घर त बन्यो तर...
संगितको क्षेत्रमा संघर्षरत पोखरेली गायिका अन्जना सुवेदीको आवाजमा रहेको...
गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले...
युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको...
राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...
हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...
विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...