तस्वीरका कारणले विवादमा परेका नेपाली नायिकाहरु

ENGLISH

ENTERTAINMENT

तस्वीरका कारणले विवादमा परेका नेपाली नायिकाहरु

13 July, 2016 | arjun baral | 2340 Views | comments

कलाकारले के बोल्छ, के खान्छ, कहाँ जान्छ, के लाउँछ जस्ता सानातिना कुरामा आममानिसले निकै चासो राख्छन् । कहिले असावधानी त कहिले यत्तिकै बिना कारण उनीहरु विवादमा मुछिन्छन् । कसैलाई त्यस्ता विवादित कुराले समान्य असर गर्छ भने कसैलाई अप्ठ्यारो नै पार्छ । यस्तै विवादमा तानिएका केही नेपाली नायिकाका तस्वीरहरु हामी प्रस्तुत गर्दैछौँ ।

COVER

रेखा थापा  
अभिनेत्री रेखा थापा प्राय विवादमा आइरहन्छिन् । उनका विवादका कथा धेरै छन् । कहिले सहकर्मी कलाकारसँगको झगडाले त कहिले पत्रकारलाई चड्कन लाएर । यसबाहेक उनले लगाएको पोशाकका कारण पनि उनी सधैं विवादमा हुन्छिन् । यहिक्रममा उनको एउटा फोटोले उनलाई विवादमा तान्यो । फोटो हो केही समय अघिको शिवरात्री ताकाको । फोटोमा रेखा थापाले चलचित्र बिकास बोर्डका अध्यक्ष धरमेन्द्र मैरावतसंग आफ्नै घरमा चुरोटमा गाँजा भरेर पालैपालो खाएको देखिन्छ । यो फोटोले लामो समयसम्म नेपाली मिडियामा चर्चा कमायो ।

शुभेच्छा थापा 
नेपाली चलचित्र नगरीमा अभद्र व्यवहारका कारण शुभेच्छा विवादास्पद बनिन् । उनको दुइ फोटोले तहल्का मचायो । उनको फोटोहरु यति विवादास्पद थिए की उनले सार्वजनिक रुपमै माफि माग्नु प¥यो । माछाले बक्षस्थल छोपेको फोटोबाट उनले कडा आलोचना खेप्नु प¥यो भने बौद्धधर्मावलम्बीको पवित्र खादाले गोप्य अंग छोपेर खिचेको तस्वीरका कारण सबैको घृणाको पात्र बन्न पुगिन् । आफ्नो अभद्र व्यवहारका कारण उनी कारवाहीमा समेत परिन् ।

शिखा शाहि र ऋचा शर्मा 
केही महिना अघि रिलिज भएको चलचित्र जंगेको एक कार्यक्रममा नायिका शिखा शाहीले रिचा शर्माको गालामा सार्वजनिक रुपमै चुम्बन गरे पछि धेरैले यसबारे गसीप गरे । शिखा शाहि र ऋचा शर्माको समाचारले हंगामा गरायो । यो धेरैका लागि चासोको विषय बन्यो । शिखाले आफूलाई चुम्दा ऋचाले असहज महशुश गरकी थिइन् ।

प्रियंका कार्की 

अहिलेकी अत्यन्तै व्यस्त नायिका प्रियंका कार्की पनि बेला बेला कन्टोभर्सीमा परिरहन्छिन् । डायनिङ टेबलमा सेक्स गर्न मज्जा आउँछ भन्ने सेक्स सम्बन्धी खुल्ला अभिव्यक्ति दिंदा धेरैले उनलाई उडाए । उनले विविध आलोचना खेप्नु पर्यो । यस्तै केही समय अघि भित्री बस्त्र देखिने गरी आएको फोटोले हंगामा मच्चाएको थियो । त्यसो त सामाजिक सञ्जालमा आफू प्रति पाएको नकारात्मक टिप्पणीले चित्त दुखेको बताउने कार्की यति बेला अमेरीकामा छिन् । अमेरीका बसाईको क्रममा वालस्ट्रिटमा खिचिएको उनको एउटा विवादस्पद फोटो टुइटरमा भेटिएको छ । हालैमात्र सार्वजनिक भएको सो फोटाले आलोचना गर्ने धेरैलाई प्रशस्तै ठाउँ दिएको छ ।

शुष्मा कार्की  
आइटम गर्लको उपाधि पाएकी सुन्दरी नायिका शुष्मा कार्कीको यो फोटोले पनि उनलाई ठूलो विवादमा तान्यो । मलेसियामा आयोजित एक सांगितिक कार्यक्रममा नाच्ने क्रममा भित्रि वस्त्र नै देखिने गरी प्रस्तुति दिएपछि उनको त्यो तस्वीर धेरै अनलाईन मिडियामा छापियो । साथै, उनलाई उत्तेजक नृत्य गर्ने छाडा भनेर धेरैले आलोचना समेत गरे ।

निता ढुङ्गाना 
नायक आमेश भण्डारीसंगको ब्रेकअपको हल्ला सेलाउन नपाउँदै निताले आफ्नो फेसबुकमा सिउँदोमा सिन्दुर हालेको फोटो सार्वजनिक गरिन् । फोटो सार्वजनिक भए तगत्तै सिने नगरी यसै तात्यो । धेरैका लागि यो गसीपको विषय बन्यो कारण फोटोमा उनीसँग नायक निखिल उप्रेती पनि छन् । दुई श्रीमती विवाह गरिसकेका निखिलले फेरि अर्को विवाह गरेको भन्ने हल्ला चल्यो । तर, निकिता र निखिलको त्यो फोटो फिल्म निर्भयको छायाकंनको दौरानमा खिचिएको हो । धेरैलाई भ्रममा पार्ने यस्तो फोटो पोष्ट गर्नुलाई कतिले अपरिपक्व र क्रेजीनेस भनेका छन् । जे होस् यो सेल्फीले नीतालाई चर्चा र विवादमा ल्यायो ।

लोडसेडिंगको मारमा नायिका जान्वी (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK