तश्विरमा रमाउँदै सुष्मा

ENGLISH

ENTERTAINMENT

तश्विरमा रमाउँदै सुष्मा

18 February, 2017 | Bhawana Pathak | 1230 Views | comments

भनिन्छ, हिरोईन बन्न आकर्षक लुक्स, जीउडाल अनि अभिनय कला चाहिन्छ । प्रायतः उल्लेखित सबै गुणले सु-सज्जित छिन् अभिनेत्री सुष्मा अधिकारी । तर उल्लेखित कुराले मात्र हिरोईनको ट्यागले पुग्दैन् । अभिनेत्री भनेर चिनिन परिचय बनाउन दर्शकको मन मस्तिष्कमा बस्न ‘भाग्य’ (लक) पनि हुनुपर्छ ।

sushma adhikari

दुई बर्ष पहिले ‘पिपल’ फिल्मबाट डेब्यू गरेकी सुष्माले त्यसपछि ‘अनौठो प्रेमकथा’ नामको फिल्म गरिन् । तर दुबै फिल्म चलेनन् । त्यसयता उनमा कोहि निर्माता निर्देशकले केहि संभावना देखेनन् या अफर पुगेन् उनि फिल्ममा देखिएकी छैनन् ।

नेपाली फिल्म नपाएपछि या भनौं नेपाली रजतपटमा हिरोईनको छाप छाड्न नसकेपछि सुष्मा भोजपुरीमा समेत पुगिन्, दुई फिल्ममा अभिनय पनि गरिन् । प्रायः बोल्ड दृश्य दिन सहज मान्ने सुष्माले नेपालीसँगै भोजपुरी फिल्ममा पुग्दा पनि राम्रै खुलेर दृश्य दिईन्, तर युट्युवमा गीत र ट्रेलर हेर्ने दर्शकले ‘हैट’ भन्ने बाहेक उनको चर्चा कहिँकतै भएन्, छैन पनि ।

त्यसो त सुष्मा अभिनेत्री भन्दा पनि मोडल भनेर धेरैमाझ परिचित छिन् । सयौं म्युजिक भिडियोमा मोडलिङ गरेकी सुष्माले आधुनिकदेखि लोकगीत केहि पनि छुटाउँदिनन् । पैसा आउँछ भनेर हो या, हिरोईनको उपमा मिलेन पाए जति भिडियो नै गर्छु भन्ने हो, भिडियोको अफर कुनै पनि छोड्दिनन् सायद । युट्युवमा रिलिज हुने अनि टेलिभिजनको पर्दामा दिनकै आउने उनका फरक-फरक म्युजिक भिडियोहरु यसै बोल्छन् ।

sushma adhikari insta

खास कुरा के हो त्यो उनैले बुझुन् तर जस्तो पनि गीतमा देखिनु अनि जसको पनि अपोजिटमा मोडलिङ गर्नुले पक्का पनि उनको फिल्मी करियरलाई ओझेलमा पारेको हुनसक्छ ।

फिल्ममा त जमिनन्, हिरोईन भनेर धेरैले चिनेनन् पनि । तर पछिल्लो समय भने उनलाई सामाजिक सञ्जालमा भने निकै सकृय देख्न सकिन्छ । फेसबुकदेखि ईन्स्ट्राग्राममा उनले पोस्ट गर्ने तश्विरमा राम्रै लाईक कमेन्ट पनि पाउँछ, सायद उनि यसैमा रमाउँदै छिन् क्यारे, हरेक दिन जस्तो बिहान उठेदेखि वेडमा सुत्दासम्मको तश्विर उनले पोस्ट गरेकै हुन्छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK