भारतको उडिसा राज्यको एउटा गाउँमा एकजना गरिब किसानले आफ्नी मृत श्रीमतीको शव दाहसंस्कार गर्न समेत मलामी पाएनन् । तल्लो जातकी महिला विवाह गरेको आरोप खेप्दै आएका उडिसास्थित बौद्ध जिल्लाको कृष्णपाली गाउँका ६० वर्षीय चतुरभुजा बाँकाले आफ्नी मृत पत्नीको दाहसंस्कारका बेला मलामी समेत नपाएका हुन् । 

तल्लो जातकी महिला विवाह गरेको आरोपमा पत्नीको शव दाहसंस्कार गर्न मलामी समेत पाएनन् !

ENGLISH

तल्लो जातकी महिला विवाह गरेको आरोपमा पत्नीको शव दाहसंस्कार गर्न मलामी समेत पाएनन् !

9 August, 2018 | Reeta Shrestha | 12150 Views | comments

भारतको उडिसा राज्यको एउटा गाउँमा एकजना गरिब किसानले आफ्नी मृत श्रीमतीको शव दाहसंस्कार गर्न समेत मलामी पाएनन् । तल्लो जातकी महिला विवाह गरेको आरोप खेप्दै आएका उडिसास्थित बौद्ध जिल्लाको कृष्णपाली गाउँका ६० वर्षीय चतुरभुजा बाँकाले आफ्नी मृत पत्नीको दाहसंस्कारका बेला मलामी समेत नपाएका हुन् ।

बाँकाले ४० वर्षीय पत्नी पञ्चा महाकुडलाई लगातार पखाला लागेपछि स्थानीय अस्पतालमा भर्ना गरे । त्यसको लगत्तै उनको अस्पतालमै मृत्यु भयो । आर्थिक रुपमा अत्यन्तै कमजोर रहेका चतुरभुजाकी पत्नीको शव राज्यसरकार र अस्पतालको सहयोगमा उपलव्ध गराइएको शववाहनमार्फत गाउँमा पुर्याइएको थियो ।

शव गाउँमा पुर्याइए पनि आफ्ना छिमेकीहरुले चतुरभुजालाई वास्ता गरेनन् । आफ्नी प्यारी पत्नीको लास उठाउन कसैले पनि सहयोग नगरेपछि उनले आफ्नै साइकलमा शव राखेर मशानघाट पुर्याएर दाहसंस्कार गरे ।  पत्नीको शव लिएर मसानघाट जाँदा मलामी नपाएका उनलाई रेडक्रस र स्थानीय सरकारले काजक्रियाका लागि भने १२ हजार रुपैयाँ सहयोग गरेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

अहिले सो घटनालाई लिएर उडिसा राज्यमा राजनीतिक रुपमा समेत चर्को बहस चलिरहेको छ  । उडिसा राज्यमा विपक्षी दलको रुपमा रहेको भाजपाले बीजेडीको नेतृत्वमा रहेको सरकारलाई गरिबहरुप्रति अक्षम, निस्क्रिय र असंवेदनशील भएको भन्दै चर्को आलोचना गरिरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

काठमाडौँ

इपिएल : काठमाडौँद्वारा पोखरा पाँच विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा काठमाडौँ...

ज्यामरुककोट गाउँ

ज्यामरुककोट गाउँ

म्याग्दी जिल्ला बेनी नगरपालिका–२ स्थित सुन्दर ज्यामरुककोट गाउँमा कृषकले...

सम्झौताअनुसारको सेवा सुविधा नदिने विभिन्न देशका ६५ कम्पनीमा कामदार पठाउन रोक

वैदेशिक रोजगार विभागले सम्झौताअनुसारको सेवा सुविधा उपलब्ध नगराउने विभिन्न...

विद्यालय

नेपाली विद्यालय कतारमा स्थापना गर्न आग्रह

नेपालले कतारमा कार्यरत नेपाली कामदारका सन्ततिको शैक्षिक भविष्यलाई ध्यानमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK