तमू समाज कतारको अध्यक्षमा खेम तमू निर्वाचित

ENGLISH

NRN GLOBAL

तमू समाज कतारको अध्यक्षमा खेम तमू निर्वाचित

29 March, 2016 | Bipin Acharya | 490 Views | comments

दोहा, तमू (गुरुङ) समाज कतारको सातौं कार्यकालको लागि चितवनका खेम तमू निर्विरोध निर्वाचित भएका छन । यहि मार्च २५ तारिख शुक्रवारका दिन नज्मा स्थित अलनक्याम रेष्टुरेण्टमा सम्पन्न समाजको १२ औं साधारणसभाबाट खेम तमूको अध्यक्षतामा २५ सदस्यीय नया केन्द्रिय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

t1

पुख्र्यौली घर स्याङजा पेलाकोट साथै चितवनमा जन्मे हुर्केका खेम तमू बिगत सन २००४ देखि कतारको एउटा कम्पनीमा कार्यरत छन । साधारण सदस्यको रुपमा सन २००७ मा समाजमा प्रवेस गरेका खेम तमू २००८ मा तमू सांस्कृतिक परिवारको कोषाध्यक्ष, दुई कार्यकाल केन्द्रिय महासचिव र निवर्तमान कार्यकालमा प्रथम उपाध्यक्षको जिम्मेवारी बहन गरि सकेका छन ।
औपचारिक कार्यक्रम :

तमू समाज कतारका तत्कालिन अध्यक्ष कृष्ण तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतिथ्यता थियो ।

t2

विशेष अतिथिहरुमा समाजका तात्कालिन संरक्षक बिलबहादुर तमू, नेपाल मगर संघ, शाखाका अध्यक्ष महेन्द्र थापा मगर, किरा“त याक्थुङ चुम्लुङका अध्यक्ष मन कुमार लिम्बु, किरा“त राई यायोक्खा, शाखाका अध्यक्ष अमृत राई, नेपाल प्रवासी तामाङ समाजका प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङ, नेपाल प्रवासी सुनुवार सेवा समाज, शाखाका अध्यक्ष सोम सुनुवार, थारु कल्याणकारीणी सभा, कतार च्याप्टरका सभापति ई. अन्जनी चौधरी, नेपाल प्रवासी भुजेल सेवा समाजका महासचिव शिव भुजेल, नेवा पुःच, कतारका अध्यक्ष उपेन्द्र शाक्य, नेपाल प्रवासी माझी सेवा समाजका उपाध्यक्ष भरत माझी, लगायत अतिथिको रुपमा खोटाङ सेवा समाजका अध्यक्ष प्रकाश तमू, मिलिजुली एकता परिवारका अध्यक्ष भबिराज तमू, नेपाल पत्रकार महासंघ कतार शाखाका सभापति गणेश बञ्जाडे आदि थिए ।

समाजका तत्कालिन प्रथम उपाध्यक्ष खेम तमूले स्वागत मन्तव्य राखेको कार्यक्रममा संस्थापक अध्यक्ष राम तमू, सल्लाहकारहरु क्रमशः बुधबल तमू, बुद्ध तमू, आशु तमू लगायत समाजका शाखा समितिका पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम महासचिव खुशीमान तमूले सञ्चालन गरेका थिए ।

t3

महिला बिभागकी संयोजक टौमाया“ तमूस्योबाट सभापति र प्रमुख अतिथिलाई क्रेगीले स्वागत गरेपछि कार्यक्रम अगाडी बढेको थियो । प्रमुख अतिथि चौधरीबाट द्विप प्रज्वलित गरि सुरु भएको कार्यक्रममा गोरखा सेवा समाजका प्रमुख सल्लाहकार आशबहादुर तमू, कास्की आदर्श सेवा समाजका प्रमुख सल्लाहकार आशबहादुर तमू, तनहु“ सेति दोभान सेवा समाज कतारका अध्यक्ष पदमबहादुर थापा, तमू प्ये ता“ ल्हु ता“ समितिका अध्यक्ष रस (शिव) तमू, तमू सांस्कृतिक परिवारका अध्यक्ष राजन घले तमू, तमू खेलकुद समितिका अध्यक्ष सूर्य तमू लगायत कतारवासी तमू तमूस्योहरुको बाक्लो सहभागिता रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK