तमु धीं जापानको ल्होसार साँझ सम्पन्न

ENGLISH

NRN GLOBAL

तमु धीं जापानको ल्होसार साँझ सम्पन्न

श्री गुरुङ,टोकियो

5 January, 2017 | Sandeep Bhattarai | 980 Views | comments

तमु धीं जापानलले आयोजना गरिएको २२ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न भएको छ ।आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष नेपालबाट ख्याती प्राप्त गुरुङ कलाकारहरुलाई निमन्त्रणा गरि कार्यक्रम गरिने थियो भने यस पटक स्थानीय कलाकारहरुका साथ एड्ज ब्याण्ड र नोपसोल ब्याण्डले साथ दिई दर्शकहरुलाई मनोरंजन दिलाएका थिए ।

तमु धीं जापान

२२ औं ल्होसार साँझमा गुरुङ चलचित्रका नृत्य निर्देशक अरमान गुरुङ साथमा स्थानीय कलाकारहरुबाट गुरुङ नृत्य र सांगीतिक प्रस्तुतिहरुका साथ टोकियो शिन्जुकु, खाबुकी चो अवस्थित युनिभर्सल सिटी हलमा जनवरी २ तारिक सोमबार भव्यताका साथ सम्पन्न भएको छ ।

तमु धीं जापानका अध्यक्ष श्री गुरुङको सभापतित्व तथा धीं का वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ संयोजक रहेको २२ औं ल्होसार साँझ २०१७ का प्रमुख अतिथि एनआरएनए आईसीसी सदस्य ओम गुरुङ विशेष अथिति जनजाति महासंघ जापानका अध्यक्ष पासांग शेर्पा  तथा तमु धीं जापानका अध्यक्ष श्री गुरुङले सयुक्त रुपमा रिबन काँटी उद्घाटन गरिएको थियो ।

२२ औं ल्होसार साँझमा उपस्थित अथिति तथा दर्शक महानुभाबहरुलाई संयोजक श्रीमती अनिता गुरुंगले स्वागत भाषण मार्फत स्वागत साथै शुभकामना दिनु भएको थियो ।कार्यक्रमका प्रमुख अथिति एनआरएनए आईसीसी सदस्य ओम गुरुङले विदेशी भूमिमा रहेर पनि गुरुङ जातिहरुले आफ्नो,सस्कार सस्कृति र परम्परालाई बचाई राख्न २१ औं बसन्त पर गरि २२ औं बसन्तको लागि शुभकामना दिदै तमु धीं जापानले ल्होसार र रोधी साँझ जस्ता जातीय पहिचान झल्कने कार्यक्रमहरु गर्दै आएकोमा गर्ब लागेको र आफुलाई यो स्थान सम्म ल्याई पुर्याउनमा   तमु धीं जापानको ठुलो योगदान रहेको बताउनु भएको थियो ।

विशेष अतिथि जनजाति महासंघ जापानका अध्यक्ष श्री पासांग शेर्पाले कार्यक्रम सफलताको शुभकामना तथा तमु धीं जापानलाई धन्यवाद दिनु भएको थियो भने विशेष अतिथि नेपाली राजदुतावास टोकियोका प्रतिनिधि रेवन्त केसीबाट २२ औं ल्होसार साँझको सफलताको शुभ कामना दिनु भएको थियो ।

राष्ट्रिय गीतबाट शुरु गरिएको सांस्कृतिक कार्यक्रममा ल्होसारै गीतको बोलमा नृत्य,कौडा नृत्य सहित एक दर्जन गुरुङ भेषमा सजिएर गरिएको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियो ।नेपालबाट बिशेष कार्यक्रम को लागि जापान भ्रमणमा रहनु भएका द एड्ज ब्याण्ड र स्थानीय नोपसोल ब्याण्ड का सदस्यहरुलाई तमु धीं जापानका अध्यक्ष श्री गुरुंगले तमु धींको तर्फ देखि खादा लगाई सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।

तमु धीं जापान

उक्त कार्यक्रमको अवसर परि तमु धीं जापानका पूर्व अध्यक्ष हर्क गुरुङ र भिम गुरुङलाई तमु धींको विकासमा विशेष योगदान गरे बापत वर्तमान अध्यक्ष श्री गुरुङले खादा लगाई तामापत्र द्वारा सम्मान गरिएको थियो ।कार्यक्रमको अन्तमा तमु धीं जापानका अध्यक्ष श्री गुरुङले कार्यक्रम सफल बनाई दिनु भएकोमा धन्यवाद सहित २३ औं ल्होसार साँझको लागि अग्रिम निमंत्रना दिनु भएको थियो ।पहिलो चरणको कार्यक्रम तमु धीं जापानका महासचिव अमर गुरुङले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम  धींका सल्लाहकार ओम प्रकाश गुरुङ र पुनम गुरुङले गर्नु भएको थियो ।

तमु धीं जापान रनिंग कप प्रतियोगिता २६ जूनमा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए

एनआरएनएद्वारा १० अर्ब रुपैयाँको पूर्वाधार विकास कोष स्थापना गर्ने घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब रुपैयाँको...

खाडी मुलुक र मलेसियामा नेपाली कामदार :वर्षमा ९५७ को मृत्यु

कमजोर अभिमुखीकरण र स्वास्थ्य परीक्षणमा पहुँच नहुँदा वर्ष दिनको...

missing-people

बेपत्ता हुनेको संख्या प्रत्येक वर्ष १८ प्रतिशतले वृद्धि

दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको...

ramkahani-puja-sharma

निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले नयाँ चलचित्र ‘रामकहानी’ बनाउने

काठमाडौं । निर्देशक सुदर्शन थापा र नायिका पूजा शर्माले...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK