ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ENGLISH

TRAVEL

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

24 April, 2018 | Kabiraj Adhikari | 36855 Views | comments

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस सोमबार छुटेका छन् । दुई देशलाई सडक यातायातबाट जोड्ने योजना अनुरुप सोमबार परीक्षणका लागि दुई यात्रु बस काठमाडौंका लागि छुटेका हुन् ।

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौका लागि छुटेका दुई बस । तस्बिर: द डेली स्टार

बंगलादेश-भुटान-भारत-नेपालबीच सीधा यातायात सञ्चालन गर्ने जुन १५, २०१५ को (बीबीआईएन) सम्झौता अनुसार ढाकाबाट काठमाडौँका लागि यात्रु बस सुरु भएको हो ।

यी दुई बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिदउद्दिनको नेतृत्वमा तीन देशका ८० जना प्रतिनिधि काठमाडौंका लागि हिँडेका द डेली स्टारले जनाएको छ ।

ढाकाबाट छुटेका श्यामोली परिवहनका दुवै बस बिहीबार काठमाडौं आइपुग्ने बताइएको छ । चारै देशले निकट भविष्यमा व्यापारिक प्रयोजनका लागि यात्रु बस चलाउने तयारी गरेका छन् ।

सडक विभाग बंगलादेशका सचिव नजरुल इस्लामका अनुसार ढाकाबाट यी बसलाई भारतीय उच्च आयोगका प्रथम सचिव गौरव गांगुली र नेपाली राजदूतावासका उपप्रमुख धनबहादुर ओलीले झण्डा हल्लाएर बिदाई गरेका थिए ।

ढाकाबाट हिँडेका यी बसहरु बंगबन्धु हुँदै भारत-बंगलादेश सीमा फूलबारी छिचोलेर भारतको सिलिगुडीबाट काँकडभिट्टा नाकाबाट नेपाल आउनेछन् । दुई बस काठमाडौंका लागि छुटेका हुन् । ढाका–काठमाडौं सडक दूरी झण्डै एक हजार एक सय किलोमिटर रहेको छ । -अन्नपुर्ण दैनिकबाट ।

पोखरा जाने बसमा हवाईजहाजको सुविधा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK