डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

ENGLISH

NRN GLOBAL

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

कोपनहेगन

20 September, 2018 | Sandeep Bhattarai | 3535 Views | comments

डेनमार्कमा संविधान दिवस मनाइयो

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति नेपाली दूतावासको अगुवाइमा यस दिवसलाई मनाइएको छ ।

यस्तै डेनमार्कमा पनि संविधान दिवसको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।नेपाली दूतावास डेनमार्कले संविधान दिवसकै दिन कोपेनहेगनस्थित एशिया हाउसमा विविध सांस्कृतिक कार्यक्रम सहितको एक रिसेप्सनको आयोजना गरी नेपालको राष्ट्रिय दिवस मनाएको छ ।

सो कार्यक्रममा कोपेनहेगनस्थित कूटनीतिक नियोगका नियोग प्रमुख तथा पदाधिकारीहरु, डेनमार्कको परराष्ट्र मन्त्रालय तथा विभिन्न निकायका उच्च पदस्थ पदाधिकारीहरु र नेपाली संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । डेनमार्कस्थित अन्तरराष्ट्रिय नेपाली कला समाज (इनास)को नेतृत्वमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो।

उक्त अवसरमा बोल्दै महामहिम राजदूत युवनाथ लम्सालले नेपालको संविधानले मानव अधिकार, कानूनी राज्य, स्वतन्त्र न्यायपालिका जस्ता संसारका सर्वमान्य सिद्धान्तहरुलाई राम्रोसंग अंगिकार गरेको र संविधान सभाबाट जारी यो संविधान संसार कै लागि एक नमूना संविधान भएको कुरा बताउनु भयो । साथै उहांले नेपाल आर्थिक र सामाजिक विकास तर्फ अघि बढेको र अहिले नेपालमा व्यापार र लगानी गर्न सबैभन्दा राम्रो समय भएको कुरा बताउनु भयो ।

डेनमार्कमा संविधान दिवस मनाइयो

कार्यक्रममा आमन्त्रित सबैलाई नेपाली दूतावासका मिनिस्टर कन्सुलर डोरनाथ अर्यालले स्वागत गर्नु भएको थियो ।

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK