डी र इ ग्रेड ल्याउने विद्यार्थीका लागि साउन दोस्रो हप्ता मौका परीक्षा(तालिका सहित)

ENGLISH

डी र इ ग्रेड ल्याउने विद्यार्थीका लागि साउन दोस्रो हप्ता मौका परीक्षा(तालिका सहित)

17 June, 2016 | Bipin Acharya | 825 Views | comments

एसएलसीमा डी र इ ग्रेड ल्याउने विद्यार्थीले साउनमा मौका परीक्षा दिन पाउने भएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ’डी’ र ’इ’ ग्रेड ल्याउने परीक्षार्थीका लागि पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको हो ।

परीक्षामा कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि कार्यालयले पूरक परीक्षाको भने व्यवस्था गरेको छ। दुई विषयसम्म सैद्धान्तिकतर्फ ’डी’ र ’इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख आठ हजार ३ सय २६ जना र आंशिकतर्फ ३९ हजार २ सय ५७ गरी जम्मा एक लाख ४७ हजार ५ सय ८३ जना रहेको कार्यालयले जनाएको छ । परीक्षा साउन १४ गतेदेखि २१ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।

परीक्षा तालिका यसप्रकार छ :

साउन १४ गते शुक्रबार – अनिवार्य अङ्ग्रेजी

वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अङ्ग्रेजी

साउन १५ गते शनिबार – अनिवार्य नेपाली गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी

साउन १६ गते आइतबार – अनिवार्य गणित

साउन १७ गते सोमबार – अनिवार्य बिज्ञान

वेदविद्याश्रमतर्फ : अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद

साउन १८ गते मङ्गलबार -अनिवार्य सामाजिक अध्ययन
साउन १९ गते बुधबार – अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा

वेदविद्याश्रमतर्फ : अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष
संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा

साउन २० गते बिहीबार – ऐच्छिक प्रथमपत्रका सबै विषयहरू
साउन २१ गते शुक्रबार – ऐच्छिक द्वितीयपत्रका सबै विषयहरू ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैंको टीका

दशैंको टीकाको साइत बिहान बिहान ९ बजेर ५१ मिनेट उत्तम

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत...

छक्कापञ्जा–३

घटस्थापनाको दिनबाट चलचित्र ‘छक्कापञ्जा–३’ प्रदर्शनमा आउने : ट्रेलर सार्वजनिक (ट्रेलर)

चलचित्र ‘छक्कापञ्जा–३’ असोज २४ गते घटस्थापनाको दिनबाट प्रदर्शनमा आउने...

जय प्रदा

नेपालका लागि पर्यटन सद्भावना दूतमा भारतीय अभिनेत्री जय प्रदा नियुक्त

नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं...

सन्दीप सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा

नेपालका लेग स्पिनर तथा स्टार खेलाडी सन्दीप लामिछाने विश्वका...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK