डीसीमा परराष्ट्र मन्त्री प्रकाश शरण महतसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

डीसीमा परराष्ट्र मन्त्री प्रकाश शरण महतसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

28 September, 2016 | Sandeep Bhattarai | 865 Views | comments

विजय थापा, वाशिंगटन डीसी – नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखाको आयोजनामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )संग नेपालको समसामयिक बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न गर्यो l

अन्तरक्रिया

परराष्ट्र मन्त्री प्रकाश शरण महतले न्युयोर्कमा भएको राष्ट्र संघ ७१ औ महासभामा भाग लिन आएको चर्चा गर्दै आफूसंग भेटघाट ,स्वागत तथा अन्तरक्रिया गर्ने अवसर दिनु भएकोमा नेपाली जनसम्पर्क समिति भर्जिनिया शाखालाई धन्यवाद दिएका थिए l

अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्ने क्रममा महतले नया संबिधानमा सबैलाई चित्त नबुझेको हुन् सक्छ भन्दै निर्वाचन प्रणालीको बिषयमा मलाई पनि चित्त बुझेको छैन l तर उनले अगाडी भने लोकतन्त्रलाई संस्थागत गर्न र यो संबिधान बनाउन धेरै बलिदान गरेको बताए l लोकतन्त्रलाई मान्दै नमान्ने दललाई पनि यस्को बिकल्प छैन भन्ने कुरामा लागि परेको समेत कुरा राखे l

मन्तब्यकै क्रममा जनसम्पर्क समितिमा पनि केहि समस्या देखा परेको चर्चा गरे l लोकतान्त्रिक तरिकाबाट यसलाई तपाईहरुले नै समाधान गर्नु पर्छ भनि सुझाब दिए l उन्ले भने नेपाल आमाले गर्दा यहाँहरु आउनु भएको छ, अब तपाईहरुको पनि केहि जिम्मेबार छ भन्दै देशलाई सहयोग गर्नु पर्ने बताए l

उक्त अन्तरक्रिया कार्यक्रममा भारत भ्रमण ,टिकापूर तथा अन्य नेपालका समसामयिक बिषयका कुराहरु वक्ता तथा सहभागीहरुले जिज्ञाशा राखेका थिए l महतले उक्त जिज्ञाशाको उत्तर दिदै तपाईहरु पढे लेखेका हुनु हुन्छ तर सामाजिक संजालमा हामी भारतको भ्रमणको कुरालाई नकारात्मक रुपमा पनि प्रस्तुत गरियो l हामीले भारतमा आफ्ना कुराहरु प्रष्ट राखेको र नेपालको हित बिपरित हुने कुनै त्यस्तो नगरेको बताए l

सामाजिक संजालले कहिलेकाही तिललाई पहाड बनाई दिन्छन भन्दै त्यो प्रवृति गलत हो भन्दै कसैले कान लग्यो भन्दैमा कागको पछाडी नलाग्न आग्रह गरे l ठिक तरिकाले ठिक ठाउँमा आफ्ना कुराहरु राख्न सक्नु पर्छ भन्दै बिदेशमा खुट्टा तान्ने प्रवृति छोड्नु पर्छ सुझाब दिए l

उक्त कार्यक्रममा माननिय सांसद मोहन बहादुर बस्नेतको पनि उपस्थिति रहेको थियो l सांसद मोहन बहादुर बस्नेत सँग अब मुलुकले बिस्तारै काचुली फेर्छ भन्ने लागेको बताए l उनले संबिधान सबैलाई चित्त बुझाउन नसकिएता पनि संसोधन मार्फत केहि गर्न सकिने बताए l मुलुकले निकास पाएन भने देशको दुर्दशा पाउने छ भने मन्त्यब्य राखे l अमेरिकाका लागि नेपालका राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) को पनि उपस्थिति रहेको थियो l

अन्त्यमा परराष्ट्र मन्त्री महतले हाम्रो मूल लक्ष्य लोकतंत्रलाई संस्थागत गर्नु रहेको स्मरण गराए l कार्यक्रममा अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष पदम रेग्मी तथा एएनका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्तब्य को साथै टिकापुर ,भारतीय सम्झौता तथा अन्य सम्बन्धि कुरा उठान गरेका थिए l

अन्तरक्रिया

कार्यक्रमको सभापतित्व शाखाका सभापति राम शरण हुमागाइले गर्दै उनले सबैलाई धन्यबाद दिएका थिए l

NRNA भर्जिनिया शाखाको परिचायत्मक तथा भेटघाट कार्यक्रम, सफलता पूर्वक सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘हामी नेपाली एशोसिएसन’द्वारा यूएईमा नेपाल महोत्सव हुने

यूएईको सरकारी निकायमा औपचारिक रुपमा दर्ता भएको एक मात्र...

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK