डिसी नेपाली समाजको जनैपूर्णिमा तथा शान्ति यज्ञ सम्पन्न

ENGLISH

NRN GLOBAL

डिसी नेपाली समाजको जनैपूर्णिमा तथा शान्ति यज्ञ सम्पन्न

1 September, 2015 | Sandeep Bhattarai | 645 Views | comments

विजय थापा ,वाशिंगटन डिसी – वाशिंगटन डिसी महानगर क्षेत्रमा धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७२ सालको जनैपूर्णिमा बिशेष भब्यताको साथ सम्पन्न गर्न सफल भएको छ l

dc

डिसी महानगर क्षेत्र सेरोफेरोका श्रद्धालु भक्तजनहरुका लागि गत अगस्त २९ तारिख शनिबार जनैपूर्णिमा वैदिक विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम बिहान देखि साँझ सम्म चलेको थियो l

यस बर्ष नेपालमा गएको बिनाशकारी महा भुकम्पमा परी ज्यान गुमाउनु भएका आत्माहरुको चीर शन्तिको कामना एबम् घाइते भएका सम्पूर्णमा शीघ्र स्वास्थ्य लाभको कामनाका लागि शान्ति यज्ञ एबम् दीप प्रज्वलन समेत गरिएको थियो l उक्त कार्यको लागि यज्ञ बनाईएको थियो भने उक्त यज्ञ ५ जना पण्डितहरुले गरेका थिए l

झन्डै दुई हजार जनाको लागि क्वाटी ,पुलाउ र गर्मी भएकोले फलाहार पनि खुवाउने व्यवस्था गरिएको भए पनि पन्ध्र सय भन्दा ज्यादालाई खुवाईएको जानकारी समाजका उपाध्यक्ष दधिराम ढुंगानाले दिए l

dc1

संस्थाका सचिब कमल पोख्रेलले धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भए पनि गत बर्ष देखि संस्थाले नेपाली समुदायका बालबालिकाहरुका लागि भाषा कक्षा शुभारम्भ गरेकोले सस्थाको उद्देश्यमा भाषालाई समेत प्राथमिकता दिदै धर्म ,संस्कृति र भाषालाई मुख्य नारामा जोडेको बताए l

संस्थाका सभापति अरुण रुपाखेतीले जनै तथा रक्षाबन्धन संस्थाले पाचौ पटक मनाएको भन्दै चाड पर्वमा नेपाली समुदायको बाक्लो उपस्थितिले हामी अझ उत्साहित भएको बताए l

dc2

डिसी महानगर क्षेत्रका प्रसिद्ध पण्डित राजेन्द्र खनालले आउने सबैलाई जनै लगाई दिनुको साथै रक्षाबन्धन पूजन ,शान्ति यज्ञ तथा अन्य पूजा अर्चना गरेका थिए l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

अष्ट्रेलिया टूरका लागि नेपाल आइडलको समूह क्यानबेरामा

नेपाल आइडलका विजेताहरु अष्ट्रेलिया टूरका लागि क्यानबेरा आइपुगेका छन्।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK