डिसीमा मदनकृष्णसंगको अन्तरक्रियामा पत्रकार बानियाँ तथा लोक गायक प्रेम राजाले कार्यक्रमको प्रस्तुतिकरण गर्ने

ENGLISH

NRN GLOBAL

डिसीमा मदनकृष्णसंगको अन्तरक्रियामा पत्रकार बानियाँ तथा लोक गायक प्रेम राजाले कार्यक्रमको प्रस्तुतिकरण गर्ने

विजय थापा, डिसी

24 July, 2018 | Sandeep Bhattarai | 2900 Views | comments

मदनकृष्णसंगको अन्तरक्रिया

अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसंग गरिने विशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानियाँ तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदूत प्रेम राजा महतले गर्ने भएका छन् ।

अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्रको क्रियाशील स्थापित गरि मुनाफा सामाजिक सँस्था नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले आगामी अगस्त ४ शनिबार को दिन गर्ने भएको छ । यसका लागि सँस्थाले चाजोपाजो मिलाई रहेको छ भने आधा भन्दा ज्यादा टिकट (स-शुल्क प्रवेश पत्र )बिक्रि गरेको जनाएको छ ।

कार्यक्रमको लागि नेपाल बाट मदन कृष्ण श्रेष्ठ अमेरिका आई पुगेका छन् । उनि कार्यक्रम सकिए पछि लगतै अगस्ट ७ मा नेपाल फर्कने छन् । यसै गरि पत्रकार प्रेम बानियाँ अमेरिका आई पछि यसरी नेपाली समुदायबीच सार्वजनिक रुपमा प्रस्तुतिको रुपमा सम्भवत पहिलो पटक देखिने भएका छन ।

कलाकर मदन कृष्ण श्रेष्ठले पत्रकार बानियाँलाई नेपाल देखि नै चिनेको र कार्यक्रम प्रस्तुतिको लागि पत्रकार बानियाको नाम सिफारिस समेत गरेकोले बानियाँले अन्तरक्रिया कार्यक्रममा भाग लिने र प्रस्तुति गर्ने पक्का भएको जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् ।

यसै गरि वरिष्ठ लोक गायक प्रेम राजा महतले पनि उक्त कार्यक्रममा प्रस्तुति गर्ने छन् । आयोजकले जनाए अनुसार बानियाँ तथा महतले कार्यक्रम संचालन गर्ने नभई ,बिशेष अन्तरक्रिया कार्यक्रमको सम्पूर्ण कार्यक्रम प्रस्तोताको रुपमा पेश हुने छन् ।

उक्त कार्यक्रममा कलाकार श्रेष्ठसंग जीवनका कुराहरु ,महको ‘म’ पुस्तक ,गायन क्षेत्र ,कलाकारिता क्षेत्र तथा अन्य जिज्ञाशा आदि इत्यादी बिषयमा द्वय वरिष्ठ लोक गायक प्रेम राजा महत तथा पत्रकार प्रेम बानियाँले सोध्ने छन् । साथै दर्शकहरुले समेत जिज्ञाशा समेत राख्न सक्ने छन् । वरिष्ठ लोकगायक महतले वहा जस्तो महान कलाकार संग आफूले केही कुराहरु राख्न पाउनु अहोभाग्य हो भन्दै सबैलाई यो मौका न गुमाउन हुन् अनुरोध गरेका छन् ।

पत्रकार प्रेम बानियाँले पनि मदन कृष्ण श्रेष्ठ जस्तो वरिष्ठ कलाकारसंग भेट हुन् पाउनु र कार्यक्रममा आफूले मौका पाएकोमा हर्ष व्यक्त गर्दै गर्व लागेको बताएका छन् । उक्त कार्यक्रममा कलाकार श्रेष्ठसंग प्रत्यक्ष रुपमा भेटघाट गर्न पाइने ,अन्तरक्रियामा सहभागी हुन् पाइने ,जिज्ञाशा राख्न पाउने,उनका संक्षेपमा जीवनका कुरा सुन्न पाइने ,उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा सुन्न पाइने तथा गीत समेत सुन्न पाइने भएकोले डिसी वासीहरु उत्साहित भएका छन् ।

अन्तरक्रिया कार्यक्रम मेरिल्याण्ड राज्यकोको जर्मन टाउन शहरमा हुने छ । सीमित सिट(स्थान) भएकोले चाडो भन्दा चाडो टिकट लिन अनुरोध गरिएको छ । अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजनको लागि ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई ५५ डलर दर्ता शुल्क तोकिएको छ ।

आयोजकले जनाए अनुसार संकलन भएको केहि रकम क्यान्सर सोसाइटी तथा नेपालमा संस्थाद्वारा संचालित छात्रवृत्तिमा जाने जानकारी संस्थाका अध्यक्ष राजु जोशीले दिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK