डिसीमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

डिसीमा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग नेपाली समुदायको अन्तरक्रिया कार्यक्रम सम्पन्न

विजय थापा, डिसी

14 September, 2018 | Sandeep Bhattarai | 3065 Views | comments

डिसी

नेपालका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसंग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । डा भट्टराई नेपालबाट अमेरिका आई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको अन्तरक्रियामा सहभागी हुनु भएको हो ।

पूर्व प्रधान मन्त्री डा भट्टराईले पहिलो उदार प्रजातन्त्र तथा साम्यवाद भएका विश्वका विभिन्न राष्ट्रहरुमा संकटका मूल कारण के हुन् ? कसरी प्रजातन्त्रलाई नेपाल जस्तो मुलुकका अझ सहभागिता मूलक ,जिम्मेवार तथा समावेशी बनाउन सकिन्छ भन्ने बताउनु भयो । यसै गरि दोस्रो ,नेपाल जस्तो मुलकले कसरी द्रुत गतिमा विकास गर्न सकिन्छ भन्ने उद्देश्य सहित अमेरिकामा रहेका नेपाली समुदायसंग सुझाव सल्लाह र परामर्श लिन आएको बताउनु भयो । उहाँकोको साथमा जीवन संगिनी हिसिला यमी पनि रहनु भएको छ ।

डा भट्टराईले नेपालको विकासको लागि रचनात्मक सल्लाह ,सुझावको अपेक्षा गर्दै नेपाललाई आफ्नो जन्म थलोलाई सकिने मुख्य रुपमा ज्ञान ,शिप तथा सकिने अवस्था छ भने धनले पनि नेपालको विकासमा सहयोग गर्न आग्रह गर्नु भएको छ । आफ्ना बिचारहरु राख्ने क्रममा मातृभूमि प्रति अमेरिकाका नेपाली समुदायले गर्नु भएको माया र राष्ट्रप्रति देखाउनु भएको चासो को प्रसंसा गर्दै यस्तै रही रहनु पर्ने बताउनु भयो । आफ्ना छिमेकि मुलुकले द्रुत गतिमा विकास गरेको सन्दर्भ ल्याउदै अब हामी सबै मिलेर समग्र देश विकासमा लाग्नु पर्ने बताउनु भयो ।

उहाँले आफ्ना कुराहरु राख्दै अहिलेको जस्तो विकास नभई नेपालले द्रुत गतिमा विकास चाहेको र आफूले पनि त्यस्तै विकास हेर्न चाहेको बताउनु भयो । करिव एक महिने अमेरिका यात्रा रहने जानकारी गराउदै प्रथम अमेरिकाको राजधानी वासिगटन डिसी सुरु गरि नेपालीहरुको जन घनत्व ज्यादा भएको शहर न्यू योर्क ,टेक्सस ,बोस्टन लगायत राज्यहरुमा सम्भव भए पुग्ने बताउनु भयो ।

कार्यक्रममा राजदूत डा अर्जुन कुमार कार्की, महा बाणिज्यदूत प्रेम राजा महत ,अमेरिका नेपाल सोसाइटी, एनपीपीए ,अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा)का अध्यक्ष गुणराज लुईटेल, खसोखासका प्रधान सम्पादक किशोर पन्थी, प्रा डा गोपी उप्रेती ,वैज्ञानिकहरु ,विश्व बैंकका कार्यरत नेपालीहरु ,संचारकर्मी ,अमेरिकाका रहेको नेपाली इन्जिनियर्स संघका अभियन्ताहरु ,बुद्धिजीवी ,विभिन्न संघ/संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

समाजसेवी तथा व्यवसायी लोकनाथ तिवारीले सबैलाई स्वागत गर्नु भएको थियो भने यसै गरी कार्यक्रमको समापन राजदूत डा कार्कीले गर्नु भएको थियो । कार्यक्रममा डा भट्टराईले आफ्ना कुराहरु राखे पछि सहभागीहरुले जिज्ञासा समेत राखेका थिए ।

केहि समय अगाडी डा भट्टराईले युरोपका दात्री संस्थाका उच्च अधिकारी तथा युरोपमा रहेका नेपाली समुदायहरु संग पनि भेटघाट गरेको बताउदै नेपाली समुदाय भएको राष्ट्रमा पुग्ने बताउनु भयो । प्रश्न उत्तरको कार्यक्रम संचालन पत्रकार किशोर पन्थीले गर्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK