डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

विजय थापा, वाशिंगटन डिसी

16 July, 2018 | Sandeep Bhattarai | 1400 Views | comments

सामूहिक व्रतवन्ध

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले आयोजना गरेको केयता पूजा (सामूहिक व्रतवन्ध) भव्यताको साथ सम्पन्न भएको छ ।

गत जुलाई १४ तारिख मेरिल्याण्ड राज्य स्थित वाशिंगटन काली मन्दिरमा १२ नेपाली युवकहरुको सामूहिक व्रतवन्ध सम्पन्न भएको हो ।नेवा: अर्गनाईजेसन अफ अमेरिका (एनओए ) भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्देश्यले १७ बर्ष अगाडी स्थापना भएको हो । नेवा: समुदायका पण्डित/पुरोहित तथा साँस्कृतिक राजदूत बासव राजोपाध्यायद्वारा पूजाआजा गरी सम्पन्न भएको थियो ।

उक्त मन्दिरमा नेपाल जस्तै परम्परागत वैद्धिक विधिबाट व्रतवन्ध सम्पन्न गरिएको साँस्कृतिक राजदूत बासव राजोपाध्यायदले बताए । उक्त सामुहिक ब्रतबन्धमा क्यानडा बाट ३, अमेरिकाको टेनेसी राज्य बाट २, मेरिल्याण्ड राज्यबाट ३, बोस्टन बाट १, भर्जिनिया बाट २ तथा पेनसेलभेनियाबाट १ जना गरेर कूल १२ जना बटुकहरुको सहभागिता रहेको थियो ।

बटुकहरुमा क्रमस मेरिल्याण्डका १९ वर्षीय देभान्सु तमोट ,क्यानाडा ओटावा ओन्टारियो का १८ वर्षीय शोभान रंजितकार ,पेनसेलभेनियाका १८ वर्षीय सिधान्त तिवारी, मेरिल्याण्डका १५ वर्षीय स्नेहल तमोट, भर्जिनियाका १२ वर्षीय रिकेश थन्जु, क्यानाडा ओटावा ओन्टारियोका ११ वर्षीय सक्रिय रंजितकार, क्यानाडा ओन्टारियो ब्रामटन का ११ वर्षीय रोनिन राज श्रेष्ठ , मेरिल्याण्डका १० वर्षीय शान श्रेष्ठ ,बोस्टनका १० वर्षीय निर्भिक सिंह, टेनेसीका १० वर्षीय श्रीजन श्रेष्ठ ,भर्जिनिया कै १० वर्षीय निलन राज जोशी तथा टेनेसीका ८ वर्षीय मृनभ श्रेष्ठको सहभागिता रहेको थियो ।

१२ जना बटुक मध्ये १ जना सिधान्त तिवारी मात्र ब्राह्मण थरका रहेका थिए । सामूहिक व्रतवन्ध रहेकोले कुनै जात र थर विशेषको लागि मात्र नभएर मात्र सबैलाई स्वागत हुने आयोजकले बताए ।

संस्थाका कार्यवाहक अध्यक्ष पुस्कर प्रजापतिले सबैलाई स्वागत मन्तव्य राख्नुको साथै धन्यवाद दिएका थिए । उक्त कार्यक्रम पितृ श्राद्ध ,लसकुस परम्परागत स्वागत, कार्य शुद्धि, सामूहिक मण्डप पूजा, स्नान, अभिषेक आशिर्वाद, भिक्षा दान, सात चाल पछि सबैलाई स्वागत गरि कार्यक्रम सम्पन्न गरिएको थियो

तस्बिर : राजिव श्रेष्ठ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रगोलकी रक्षा

भद्रगोलकी रक्षाले प्रेमीलाई छोडेर अर्कैसँग गरिन् बिहे(भिडियो सहित)

गायक बुद्ध राईको आवाज रहेको स्याड भर्सनमा रहेको नयाँ...

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

झुलाघाटमा पक्की पुल नहुँदा समस्या

भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा महाकाली नदीमाथि पक्की पुल...

तेक्वान्दो

अनटिएफले तेक्वान्दो खेलमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने

युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेशन (अनटिएफ) ले आसन्न एसियन...

‘दाल,भात, तरकारी’ लिएर आउने शत्रु गते फिल्म

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ’शत्रु गते’ टिमले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK