डिसीमा तीज हर्सोउल्लासका साथ सम्पन्न

ENGLISH

NRN GLOBAL

डिसीमा तीज हर्सोउल्लासका साथ सम्पन्न

8 September, 2015 | Sandeep Bhattarai | 560 Views | comments

विजय थापा ,वाशिंगटन डिसी –  महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा अमेरिका नेपाल सहयोगी समाजको आयोजनामा भब्यताको साथ सम्पन्न भएको छ ।

dc

स्थापना काल देखि नै चेली बेटीलाई दर खुवाउने र नेपाल छोडी परदेशमा रहेका दिदि बहिनिहरुलाई माईति कै जस्तै वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको यस पटकको तिज ऐतिहासिक बन्न पुगेको छ ।

बिगत बर्ष भन्दा यस पटक निकै घुईचो लागेकोले नाच गान को लागि कार्यक्रममा राखिएका कुर्सिहरु समेत हटाउनु परेको थियो । खचाखच भिड भएकोले एकै चोटी नाचगान गर्न हम्मे हम्मे परेको हुनाले पालो गरि समुह समूहमा तीजका गीतमा नाचगानमा सहभागीता गराईएको थियो ।

उक्त कार्यक्रममा बच्चा ,बृद्ध ,पुरुष तथा आमन्त्रित पाहुनाहरुको भब्य उपस्थिति रहेको थियो भने दिदीबहिनीहरुले हर्ष लागेको र मनोरंजन भएको बताउदै नाच गानमा खूब रमाएर भाग लिएका देखिन्थे । दिदि बहिनि तथा चेली बेटीहरुलाई मिठा मिठा खाने कुरा प्रदान गरेर दर खुवाईएको थियो ।

dc1

संस्थाका संरक्षक मधु पन्थीले यो चाडलाई निरन्तरता दिने जानकारी गराउदै डिसी महानगर क्षेत्रबाट संस्थाको कार्यक्रममा व्यापक सहभागिता जनाई दिएकोमा समाजलाई धन्यबाद दिएका छन् । कार्यक्रममा भिड भएकोले मनोरंजन गर्न आउने चेली बेटीले बाहिर पनि बस्नु पर्ने अवस्था सिर्जना भएकोले आएका सबै अट्ने खालको संस्थाको एक आफ्नै सामुदायिक भवन बनाउने तर्फ सोची रहेको बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK