डिसीमा ‘छक्का पन्जा २’ हेर्न आउनेको घुईचो ,चलचित्र मन्दिर भरि भराउ

ENGLISH

NRN GLOBAL

डिसीमा ‘छक्का पन्जा २’ हेर्न आउनेको घुईचो ,चलचित्र मन्दिर भरि भराउ

विजय थापा, वाशिंगटन डिसी

6 November, 2017 | Sandeep Bhattarai | 710 Views | comments

डिसी

दीपाश्री निरौला निर्देशित तथा दीपकराज गिरी र विभिन्न हाँस्य कलाकार मिलेर बनाएको चलचित्र ‘छक्का पन्जा २’ हेर्न डिसीमा घुईचो हुनुको साथै चलचित्र मन्दिर भरि भराउ रह्यो l

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शित भएको उक्त चलचित्र हेर्न दुई दिन देखि अविरल वर्षा भएता अमेरिकामा जन्मिएका बालबालिकाहरुको साथै बिभिन्न पेशामा संलग्न व्यक्तिहरु ,बुवाआमा ,हजुरबुवा हजुरआमाहरु समेत चलचित्र हेर्न आएका थिए l

अधिकांश दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् भने चलचित्रको कथावस्तु दर्शकलाई राम्रो लागेको ,समय काटेको थाहा नै भएन ,राम्रो चलचित्र हेरुन्जेल मनोरंजन लागेको र चलचित्रमा खारिएका हास्यकलाकार भरिभराउ भएकोले दर्शकले मनोरंजन गरेको बताए l

दर्शकले प्रियंका कार्कीको भूमिका निकै रुचाएको प्रतिक्रिया दिएका छन् l चलचित्रले अष्ट्रेलिया जानका लागि हुने कागजी सम्बन्धको कथालाई हाँस्यव्यंग्य शैलीमा उठान गरेकोले मन परेको बताए l अहिलेको बिदेशी जीवन शैलीलाई राम्रो संग चित्रण गरेको बताए l

मनोरंजनको दृष्टिकोणले राम्रो ,अहिलेका पिढीहरु र पढे लेखेकाहरु विदेश जाने जुन प्रवृति छ यो चलचित्रले पकड गरेको र बढि मनोरन्जनात्मक शैलीमा प्रस्तुत गरेको प्रा डा गोपी उप्रेती ले बताए l यसै गरि युवा नृत्य निर्देशक नबिन केसीले खारिएका कलाकार भएकोले राम्रो लागको बताए l

यसै गरि पत्रकार गुणराज लुइँटेलले जीवन शैली कतिको जटिल भै रहेको ,कागजी विवाह र अहिले जुन समस्या छ यसको बारेमा राम्रो प्रस्तुति गरेको बताए l साहित्यकार गोविन्द गिरि प्रेरणाले मनोरन्जनात्मक रहेको प्रतिक्रिया दिए l

दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बर्षा राउत, केदार घिमिरे, स्वस्तिमा खड्का, स्वरुपपुरुष ढकाल, आयुष्मान देशराज लगायतका कलाकारको राम्रो भूमिका रहेकोले सन्तुष्ट भएको बताए l

‘छक्का पन्जा २’को टोली ‘कमेडी टुर’ मा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK