डिसीबासी नेपाली समुदाय बीच गीत गाउन पाउँदा हर्षित र उत्साहित छु :गायिका डोल्मा

ENGLISH

NRN GLOBAL

डिसीबासी नेपाली समुदाय बीच गीत गाउन पाउँदा हर्षित र उत्साहित छु :गायिका डोल्मा

30 March, 2016 | Sandeep Bhattarai | 560 Views | comments

aaniफूलको आँखामा फूलै संसार बाट हरेक नेपालीको हृदयमा बास बस्न सफल भएकी सुमधुर स्वरकि धनि आनी छोइङ डोल्माको सांगीतिक कार्यक्रम आगामी अप्रिल २ तारिख शनिबार वाशिंगटन डिसीमा हुँदैछ l र सो कार्यक्रमको लागि आनी डिसी आई पुग्नु भएको छ l

डिसी महानगर क्षेत्रबाट कुराकानी गर्ने क्रममा डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई केहि भन्न चाहनु हुन्छ भने जिज्ञासामा डिसीबासि नेपाली समुदाय बीच गीत गाउन पाउँदा आफुलाई हर्ष लागेको बताउनु भयो l र अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गाउन मौका मिलेकोले आफुलाई आनन्द लागेको बताउदै नेपाली समुदायको उपस्थितिमा ले झन् आफु उत्साहित भएको आनी छोईङ्गले बताउनु भयो l

अमेरिकाको व्यस्त जीवनमा समय व्यवस्थापन गरि नेपाली दाजुभाई दिदीबहिनी सबैले प्रोत्सहान गर्नु हुने छ भन्ने आफुलाई लागेको बताउनु भयो lआनी भन्नु हुन्छ मेरो कार्यक्रम नेपाली नै आयोजना गर्ने भएकोले नेपाली समुदायले अझ सहयोग गर्नु हुने भन्ने आफुलाई लागेको बताउदै हौशला बढाई दिनु हुनेछ भन्ने कुरामा पूर्ण विश्वास लागेको बताउनु भयो l

नेपाली समुदाय आई मेरो कार्यक्रम हेरे मलाई निको लाग्ने छ l वहाले अगाडी भन्नु भयो आफुले केहि आध्यात्मिक चिन्तनका कुरा सुनाउन पाए आनन्दको अनुभूति हुने थियो भन्नु भयो l

डिसीबासीलाई केहि बिशेष संदेश दिन चाहनु हुन्छ भन्ने सवालमा आफ्नो मान्छे (नेपाली )ले गरेको कार्यक्रम सफल होस् भन्ने मेरो चाहना हो आनी छोइङ डोल्माले भन्नु भयो l वहाले अगाडी भन्नु भयो मेरो गित सुन्न बिदेशीहरु पनि निकै आउने गरेको स्मरण गराउदै तर अमेरिकामा नेपाली समुदायसंग आफूले कार्यक्रम कम गर्न पाएको छु भन्नु भयो l

डिसी महानगर क्षेत्रका नेपाली समुदायलाई मिल्छ भने आफु र परिवार सहित पाल्न आग्रह गर्नु भएको छ l आफू गायिका को साथै समाज सेवी पनि हुँ भन्दै आफुले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गरि रहेको बताउनु भएको छ l

आनीले समाज सेवाको लागि मेरो गायिकिलाई उपयोग गर्दै आर्थिक श्रोत जुटाई आफुले काम गरि रहेको बताउनु भयो l हामीले यस पटक न्युयोर्क र वाशिंगटन डिसीमा मात्र सांगीतिक कार्यक्रम गर्नु भयो तर भबिष्यमा नेपालीहरुका घना वस्ती भएका राज्य तथा शहरमा कार्यक्रम गर्न सक्नु हुन्छ भन्ने जिज्ञासामा समय व्यवस्थापन गरि अमेरिकामा आउने बताउनु भयो l

आनी छोइङ्ग गत मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाउनु भएको थियो l वहालाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो l संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाउनु भएको थियो l

युनिसेफकी सद्भाव दूत समेत रहेकी आनी छोइङको कार्यक्रम वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउनडेसनको सहयोगमा भिन्तुना इन्टरनेसनलको मुख्य आयोजनामा डिसी स्थित लिस्नर सभा मण्डप(अडीटोरिएम)मा कार्यक्रम हुने भएको छ l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

aamalai-antim-chiththi

गायक पुष्कल शर्माको मार्मिक गीत “आमालाई अन्तिम चिठी” (हेर्नुहोस भिडियो)

मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत...

moviee-prasad

‘पर्व’ को सफलता पछि निर्देशक दिनेश राउत ‘प्रसाद’ लिएर आउदै

चलचित्र निर्माण गरे पछि नेपाली चलचित्र प्रेमीहरुको मन र...

baideshik-rojar

दक्ष २ प्रतिशत मात्र वैदेशिक रोजगारीमा

सरकारले वैदशिक रोजगारमा जाने युवालाई तालीम दिएर पठाउने तयारी...

dr.adhikari

बेलायत नेपाल प्रज्ञा परिषद्मा डा अधिकारी

बेलायत नेपाल प्रज्ञा परिषद्को हालै भएको निर्वाचनमा आगामी चार...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK