डिसिमा सगूनको मिनी आइपिओ (सानो प्रारम्भिक जन प्रस्ताव)तयारी भेलामा लगानीकर्ताहरु उत्साही

ENGLISH

NRN GLOBAL

डिसिमा सगूनको मिनी आइपिओ (सानो प्रारम्भिक जन प्रस्ताव)तयारी भेलामा लगानीकर्ताहरु उत्साही

23 December, 2016 | Bipin Acharya | 1135 Views | comments

सगून डट कमले आफ्ना लगानीकर्ताहरुको बिचमा मिनी आइपीओको लागि स्विकृती प्राप्त भएपछि सर्वसाधरणलाई लगानीको अवसरको बारेमा जानकारी गराउने र लगानीको वातावरण बनाउने विषयमा छलफल गर्न हालै अमेरिकाको भर्जिनियामा एक भेलाको आयोजना सम्पन्न गर्‍यो ।

16122236hghh

सो कार्यक्रममा सगूनले हालसम्म गरेको कार्य प्रगतिको बारेमा संस्थाका सीइओ गोविन्द गिरी र सहसंस्थापक कबिन्द्र सिटौलाले प्रकाश पारेका थिए भने सुधिर बास्तोलाले संस्थाको हालसम्मको आर्थिक विवरण प्रस्तुत गरेका थिए ।

करिव १०० जनाको सहभागिता रहेको उक्त भेलामा सीइओ गोविन्द गिरीले सगूनको हालसम्मको कार्यप्रगति विवरण प्रस्तुत गर्दै सगुनको मोबाइल एप निर्माण, भारतमा नयाँ कार्यालय तथा ल्याव स्थापना, नेपालमा कार्यालय व्यवस्थापन तथा कर्मचारीहरुलाई तालिम प्रदान गरिएको विषयमा बताएका थिए ।

सगूनको सम्पूर्ण प्राविधिक काम भारतमा गरिँदै आइएको र अन्य व्यवस्थापकीय कामहरु अमेरिका र नेपालबाट गरिदै आएको जानकारी प्रदान गर्दै मिनी आइपीओ स्विकृत भएपछि थप प्रभावकारीरुपमा काम गर्न आवश्यक जनशक्ति र व्यवस्था मिलाइ सकिएको जानकारी गराए ।

सोहि भेलामा गिरीले आगामी वर्ष २०१७ को कार्ययोजना प्रस्तुत गरेका थिए भने मिनी आइपीओ मार्फत उठाउन प्रस्ताव गरिएको २० मिलियन डलर के कसरी उठाउने र यसलाई कहाँ कसरी र के कुरामा प्रयोग गरी सगूनलाई सर्वसाधारणको बीचमा लोकप्रीय बनाउने भन्ने योजना प्रस्तुत गरेको थिए ।

16122229dsfds

गिरीले दिएको जानकारी अनुसार मिनी आइपीओको स्विकृत प्राप्त हुनु अगाडि ‘टेस्टिङ्ग दी वाटर’ को रुपमा www.sagoon.com/invest साइट मार्फत सर्वसाधारणले सगूनमा लगानी गर्ने इच्छा व्यक्त गर्न सक्दछन् । र हालसम्म २००० भन्दा बढी व्यक्तिहरुले ३५ लाख डलर भन्दा बढी रकमको लगानीको इच्छा व्यक्त गरिसकेका छन् र यो क्रम बढ्दो छ ।

सह संस्थापक कविन्द्र सिटौलाले भेलाका सहभागीहरुलाई सगुनको अभियान, यसले नेपाल र नेपालीलाई विश्व सामु चिनाउन खेल्न सक्ने भूमिका तथा यसलाई प्रभावकारीरुपमा सर्वसाधारणको बीचमा कसरी र किन लानु आवश्यक छ भन्ने विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।

सोसियल मिडियाका आजका बादशाहहरु पनि हिजोका दिनमा हालको सगूनकै अवस्थाबाट गुज्रिएका थिए । उनीहरुको निरन्तर प्रयासले आज सफल भएका छन् भने हामी पनि सफल हुन सक्छौँ । अन्य सामाजिक सञ्जालहरु भन्दा सगून विशेषरुपमा भिन्न छ जसले प्रयोगकर्तालाई सामाजिक र आर्थिक दुबैरुपमा फाइदा पुर्‍याउँछ । यसैले नेपाल र नेपालीको पहिचानलाई उच्च बनाउने यो महान अभियानलाई सफल पार्न सबै जना लाग्नु पर्ने र विश्वका सबै समुदायलाई जानकारी गराउनु पर्ने कुरा सिटौलाले व्यक्त गरे । उनले विशेष गरि नेपाली समुदायलाई यो अवसरमा सहभागी गराउन पहल गर्न पनि अनुरोध गरे ।

सगूनको अभियानलाई विश्वव्यापीरुपमा अगाडि बढाउन हालसम्मका लगानीकर्ताहरु रहने गरि १०१ सदस्य रहेको एक टास्क फोर्स गठन गरिएको जानकारी समेत गराए । कार्यक्रम सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ संस्थापक तथा सह संस्थापकले दिएका थिए ।

कार्यक्रमको अन्त्यमा विश्व बैंकका अर्थशास्त्री प्रेम संग्रौलाले नेपालीहरुले सामाजिक सञ्जालको दुनियामा समेत फट्को मार्न लागेको यो क्षणमा सबै लगानीकर्ताहरुले विश्वका हरेक कुनामा यो अवसरको सन्देश प्रवाह गर्नु पर्ने कुरामा जोड दिंदै सगुनले आफ्ना थप प्रोडक्डहरुलाई चाँडो भन्दा चाँडो थप गर्दै प्रयोगकर्ताहरुलाई आकर्षित गर्नु पर्ने कुरामा समेत जोड दिए । सगून जस्तो स्टार्टअप कम्पनीमा लगानी गर्ने अवसर अहिलेसम्म प्राप्त नभएको तर यो अवसर सगूनले ल्याएकोमा धन्यवाद दिंदै यस्ता स्टार्टअप कम्पनीमा गरिएको लगानीको प्रतिफल अत्यन्तै धेरै हुने तर जोखिमको सम्भावना समेत त्यतिकै रहेको समेत बताए । अन्त्यमा भेलामा उपस्थित सबै लगानीकर्ताहरु तथा संस्थापकहरुलाई धन्यावाद ज्ञापन गरेका थिए ।

नेपाली राष्ट्रिय गीतबाट शुरु गरिएको सो कार्यक्रममा सगून अयिभानसंग सम्वन्धित गीतहरु पनि गाइएको थियो । सो कार्यक्रमको सहजीकरण परशु तिमल्सिनाले गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

एनआरएनएको अध्यक्षमा आधा दर्जनको उम्मेदावारी ! कस्ले मार्ला बाजी ?

उपाध्यक्ष भवन भट्ट र कुमार पन्तको आन्तरिक भद्र सहमति...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK