डा. केसीको समर्थन गर्दै अमेरिकामा प्रदर्शन

ENGLISH

NRN GLOBAL

डा. केसीको समर्थन गर्दै अमेरिकामा प्रदर्शन

20 July, 2016 | arjun baral | 1460 Views | comments

Dr-KC-Support-USA

नेपालको चिकित्सा शिक्षामा सुधार गरी आम सर्वसाधारणको पहुँच र गुणस्तरीय बनाउनुपर्ने माग राख्दै आठौंपटक आमरण अनशनमा बस्नुभएका त्रिवि. शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीको मागप्रति समर्थन जनाउँदै विदेशमा समेत प्रदर्शशन हुन थालेको छ ।

काठमाडौं लगायत देशका विभिन्न भागमा निजी मेडिकल कलेजहरुले डा. केसीको अभियानबिरुद्ध प्रदर्शन गरे पनि उहाँको समर्थनमा प्रदर्शन गर्नेहरुको संख्या कम छैन । यस्तोमा डा. केसीको अभियानमा एक्येवद्धता जनाउँदै मंगलबार अमेरिकाको डिसी मेट्रो क्षेत्रमा डा. केसीको सर्मथनमा कार्यक्रम आयोजना गरियो ।

मनाससमा आयोजित कार्यक्रममा ददी ढुङगाना, पदमराज रेग्मी, कृष्ण रेग्मी लगायतका वक्ताहरुले नेपाली जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने मागहरुसहित आमरण अनसन बसेका डा केसीप्रति सरकार रसांसदरुको वेवास्तालाई निर्लज्ज र विवेकहीनको संज्ञा दिनुभएको थियो ।

त्यस्तै आइतबार अमेरिका बोस्टनमा प्रर्दशन गरिएको थियो । हावर्ड विश्वविद्यालयको छेउमै अवस्थित हावर्ड स्क्वायरमा आयोजित कार्यक्रममा सहभागीहरुले भष्ट्राचारको अन्त्य गर, गोविन्द केसीलाई बचाउ, स्वास्थ्य क्षेत्रलाई बचाउ, र भ्रष्ट्राचारीलाई तिरष्कार गरौं अकिंत प्लेकार्ड सहित प्रर्दशन गरेका थिए ।

राजनीतिमा देखिएको बेथिती कारण डा. केसीले पटक पटक आमरण अनसन गर्नुपरे पनि सरकार र राजनीति क्षेत्र असंवेदशील भएको टिप्पणी गरेका थिए ।

कार्यक्रमको अगुवाई गरेका लेखक शिवप्रकाशले संख्यात्मक रुपमा कार्यक्रम त्यति उल्लेखीय नभए पनि मुलुकमा विद्यमान बेथिती एवं भष्ट्राचार विरुद्व आवाज बुलन्द गरिएको बताउनुभयो ।

त्यस्तै गोरखापत्रका पुर्व प्रधानसम्पादक रमेश शर्मा, अमेरिकी मानवअधिकार कर्मी जोन टि ले पनि डा केसीको विविध पक्ष माथि चर्चा गर्दै उहाँको जीवनरक्षाका लागि अपिल गर्नुभएको थियो ।

अवैधरुपमा अमेरिका जान लागेका १६ नेपाली पक्राउ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK