डब्लुसिएल च्याम्पियनसिप : नेपालले दियो युएईलाई २२२ रनको लक्ष्य

ENGLISH

SPORTS

डब्लुसिएल च्याम्पियनसिप : नेपालले दियो युएईलाई २२२ रनको लक्ष्य

6 December, 2017 | Kunjar Bhattarai | 1885 Views | comments

शरद भेषावकर र ज्ञानेन्द्र मल्लको अर्धसतकमा नेपालले युएइललाई २ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत बुधबार भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ  २ सय २१ रन बनायो ।

आबुधावीको शेख जायेद रंगशालामा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा  ६ विकेटको क्षतिमा  २ सय २१ रन जोड्यो।  नेपालका लागि शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे। उनले नटआउट ८१ रन जोडे। उनले ९५ बलमा ५ चौका प्रहार गरे।

यस्तै बसन्त रेग्मीले नटआउट १४ रन जोडे। बसन्तले १५ बलको सामना गर्दा बाउन्ड्री प्रहार गरेनन्। ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले पनि  अर्धशतक प्रहार गर्ने क्रममा ५४ रन बनाए। ८३ बल खेलेका उनले ६ चौका प्रहार गरे। अर्का ओपनिङ ब्याट्सम्यान दिलीप नाथ १६ रन जोडे।

कप्तान पारस खड्का र सोमपाल कामीले २०-२० रनको योगदान गरे। पारसले आउट हुनुअघि ३६ बलमा ४ चौका प्रहार गरे। सोमपालले १९ बलको सामना गर्दा ३ चौका हिर्काए। आरिफ शेख शून्य रनमा रनआउटको सिकार बन्दा विनोद भन्डारी ४ रनमा कट एन्ड बोल्डको सिकार भए ।

यू १९ एसिया कप : नेपाललाई जितको लागि ४६ रनको लक्ष्य प्रस्तुत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

चलचित्र ‘जय शम्भु’को फस्ट लुक सार्वजनिक

रुपेश गुरुङ निर्देशित चलचित्र ‘जय शम्भु’ को फस्टलुक सार्वजनिक...

एनआरएनए फ्रान्सको आयोजनामा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न

एनआरएनए फ्रान्सले १९ मे २०१८ का दिन सामुहिक रक्तदान...

rudra prasad pun

फ्रान्समा एकजना नेपाली युवाको आकस्मिक निधन

फ्रान्समा बिगत लामो समय देखि बस्दै आएका मिलनसार,सहयोगी, समाजसेवी...

प्रविधिमा अगाडि साँफेबगर नगरपालिका

अछाम । जिल्लाका १० स्थानीय तहभन्दा साँफेबगर नगरपालिका प्रविधिको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK