ठूला दल नेतृत्वमा असफल भए-गच्छदार

ENGLISH

ठूला दल नेतृत्वमा असफल भए-गच्छदार

1 September, 2017 | Bhawana Pathak | 890 Views | comments

उपप्रधानमन्त्री तथा नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्रै तीन वटै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।

फोरम सिरहाले चोहर्वामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता गच्छदारले छिटोभन्दा छिटो निर्वाचन सम्पन्न गरी संविधानको सफल कार्यान्वयन गर्ने दृढताका साथ सरकार अघि बढिरहेको बताउनुभयो ।

ठूला दलकै अगुवाइमा भएका आन्दोलनबाट मुलुकमा महत्वपूर्ण परिवर्तन आए पनि त्यसलाई संस्थागत गर्न नसकेका कारण ठूला दल नेतृत्वमा असफल भएको जिकिर गर्दै उहाँले आफ्नो पार्टीले नेतृत्व गर्ने अवसर पाए मुलुकको वर्तमान संकट अन्त्य हुने छ भन्नुभयो ।

सो अवसरमा पार्टीका नेता रामजनम चौधरीले मधेशी, थारु, दलित, मुसलमानलगायत उत्पीडित समुदायका लागि आफ्नो पार्टीले संघर्ष गर्दै आएको बताउँदै पार्टीले गरेका काम जनतासमक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा विभिन्न दल परित्याग गरी फोरममा प्रवेश गरेका नवप्रवेशीलाई अध्यक्ष गच्छदारले माला र अवीर लगाएर स्वागत गर्नुभएको थियो । यसअघि आजै उपप्रधानमन्त्री गच्छदारले सिरहाको लहानमा आयोजित कार्यक्रममा पनि विभिन्न दलबाट आएका नेता कार्यकर्तालाई फोरम प्रवेश गराउनुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK