ट्वीटर प्रयोगकर्ता सलमानको पक्ष र बिपक्षमा

ENGLISH

ENTERTAINMENT

ट्वीटर प्रयोगकर्ता सलमानको पक्ष र बिपक्षमा

27 July, 2016 | Bhawana Pathak | 765 Views | comments

हिन्दी फिल्मी जगतका स्टार अभिनेता सलमान खानलाई सोमबार कालो हरिण शिकारको मामलामा निर्दोष साबित गरियो जसका कारण माइक्रोब्लगिङ साइट ट्वीटरमा मानिसहरुले व्यंग्यात्मक टिका टिप्पणी गरिरहेका छन् ।

salman

यस्तै प्रकारको टिप्पणी गर्दै एक व्यक्तिले हरिणलाई हत्या गरिएको नभई हरिण आफैंले आत्महत्या गरेको बताएका छन् । उनले लेखेका छन्, ‘हरिणले पक्कै पनि बन्दुक खोसेको हुनुपर्छ र आफैंले गोली चलाएर आत्महत्या गरेको हुनुपर्छ ।’

सोमबार राजस्थान उच्च न्यायलयले अवैध शिकारको दुई भिन्न भिन्न मामलामा सलमानलाई रिहा गरेको थियो । उच्च न्यायलयले सलमानद्वारा तल्लो अदालतको फैसलालाई दिएको चुनौतीमा यो फैसला सुनाइएको हो । स्मरण रहोस्, जोधपुरको एक तल्लो अदालतले सलमानलाई यही विषयमा एक वर्ष र पाँच वर्षको जेल सजायँ सुनाएको थियो । सलमान खानलाई सफाइ दिएको खबर सार्वजनिक भएलगत्तै सोसल साइट्समा बबाल मच्चिएको छ ।

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘सलमानले हरेक आरोपबाट सफाइ पाइसकेका छन् अब उनले आफ्नो गैह्र सरकारी संस्था ‘बिइंग ह्यूमन’ लाई बन्द गर्न सक्छन् ।’अर्का व्यक्तिले ट्वीटरमा लेख्छन्, ‘अब यो नभन्नुहोस् कि यस पटक पनि सलमानका ड्राइभरले शिकार गरेका थिए ।’

यस्तैमा अर्का ट्वीटर प्रयोगकर्ता लेख्छन्, ‘यसका केही सकारात्मक पक्ष पनि छन्… अब सलमानले सफाइ पाइसकेका छन्…उनले लगाउने गरेको ‘बिइंग ह्यूमन’ लेखिएका ती नराम्रा टिसर्टहरु लगाउन बन्द गरुन् ।’

केही मानिसहरुले भने अदालतको यो फैसलालाई ‘लज्जास्पद’ बताएका छन् । घटना हुँदा सलमानसँगै रहेका उनका ड्राइभर अहिले गायब छन् जसले सलमानमाथि शिकारको आरोप लगाएका थिए । जोधपुरको सबै सम्पत्ति बेचेर ती ड्राइभर आफ्नो परिवारसँगै गायब भएका छन् । ड्राइभर हराएको फाइदा सलमानले पाएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK