ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै हुन्छ मानव तस्करी

ENGLISH

NRN GLOBAL

ट्राभल एजेन्सीको सेटिङमा विमानस्थलबाटै हुन्छ मानव तस्करी

2 December, 2017 | Sandeep Bhattarai | 980 Views | comments

तस्करी

पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे ।

व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए । अध्यागमनले तोकेको सबै कागजपत्र बोकेका थिए । तर, विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले ‘शंकास्पद भ्रमण’ भन्दै उनलाई फर्काइदिए । उनले धेरै आग्रह गरे, तर कर्मचारीले मानेनन् । परिवारसँग बिदा भएर विमानस्थल पुगेका उनी मध्यराति निराश भएर फर्किए । त्यसको दुई दिनपछि ५ मंसिरमा फेरि विमानस्थल पुगे । तर, यसपटक अचम्म भयो ।

एयरलाइन्सको काउन्टरमै अध्यागमनका कर्मचारी उनलाई स्वागत गर्न आइपुगे । केही प्रश्नै नसोधी उनको पासपोर्ट (पासपोर्ट नम्बर ०९४०२७७५) मा डिपार्चरको छाप लाग्यो । दुई दिनको बीचमा अध्यागमन कर्मचारीमा उनले चामत्कारिक परिवर्तन अनुभव गरे । त्यत्तिकै विमानस्थलका कर्मचारीमा त्यस्तो परिवर्तन आएको होइन, यसको पछाडि ७० हजार रुपैयाँले काम गरेको थियो । युएई जानैपर्ने काम भएकाले उनले ७० हजार रुपैयाँ घुस खुवाएर सेटिङ मिलाएका थिए । त्यही सेटिङले कर्मचारीमा त्यस्तो चामत्कारिक परिवर्तन ल्याएको हो ।

ट्राभल एजेन्सीमार्फत सेटिङ
विमानस्थलबाट फर्किएपछि बस्नेतले एयरपोर्ट कर्मचारीबाट पाएको अन्यायबारे आफन्तलाई सुनाए । उनका एक आफन्तको दुबईमा रहेका ट्राभल एजेन्सीका सञ्चालकसँग चिनजान थियो । सो ट्राभल एजेन्सीका सञ्चालकले कुनै चिन्ता लिनु नपर्ने बताए । त्यसका लागि ७० हजार रुपैयाँ लिए । गोंगबु बसपार्कमा रहेको एक ट्राभल एजेन्सीमा पठाए । ट्राभल एजेन्सीका सञ्चालकले कुनै समस्याविनै विमानस्थलबाट उडाइदिने आश्वासन दिए ।

ट्राभल एजेन्सी सञ्चालकको आश्वासनअनुसार बस्नेत ५ मंसिर दिउँसो १ बजे विमानस्थल पुगेका थिए । ३ बजे उडान थियो । विमानस्थलभित्र छिरेलगत्तै बोर्डिङ पास लिनुअघि उनले तिनै ट्राभल एजेन्सीका सञ्चालकलाई फोन गरे । फोन गरेको केही मिनेटमै अध्यागमनका कर्मचारी फ्लाई दुबईको काउन्टर अगाडि आइपुगे ।

माथि अध्यागमनको काउन्टरमा लगेर पासपोर्टमा छाप हानिदिए । भिजिट भिसामा विदेश जान चाहिने दुईतर्फी टिकट, एक हजार अमेरिकी डलर र होटेल बुकिङजस्ता आवश्यक कागजपत्रसमेत चेकजाँच गरेनन् । जब कि दुई दिनअघि तिनै कर्मचारीले सबै कागजपत्र हुँदा पनि जान दिएका थिएनन् । बस्नेतजस्तै दर्जनौँ व्यक्ति त्यसैगरी विमानस्थलबाट ‘सेटिङ’मा उड्ने गर्दछन् । त्यसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि जाने हुन्छन् । गत ५ मंसिरमा गोंगबुको त्यही ट्राभलले तीनजनालाई कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा विदेश उडाएको थियो ।

ट्राभल एजेन्सीको सेटिङ
दुबईमा नेपालीका दर्जनौँ ट्राभल एजेन्सी छन् । त्यहाँ ट्राभल एजेन्सी खोल्न निकै गाह्रो छ । तैपनि ट्राभल एजेन्सी बढ्नुको कारण टिकेटिङको बिजनेस होइन, मानव तस्करी हो । उनीहरूले उताबाट सबै कागजपत्र नेपालमा पठाइदिन्छन्, नेपालमा रहेका उनीहरूका साझेदार ट्राभल एजेन्सी सञ्चालकले सोही आधारमा अध्यागमनका कर्मचारीलाई सेटिङ मिलाएर मानव तस्करी गर्दै आएका छन् ।

राजधानीका दर्जनौँ ट्राभल एजेन्सीको मुख्य काम नै मानव तस्करी भएको विमानस्थलका अधिकारीहरू बताउँछन् । कर्मचारीहरूले सीधै घुस नलिने भएकाले ट्राभल एजेन्सीहरूको सेटिङमा उनीहरूले मानव तस्करी गर्दै आएका छन् । भिजिट भिसामा मानव तस्करी गर्ने दर्जनौँ समूह सक्रिय रहेको स्रोत बताउँछ । खाडी र मध्यपूर्वी देशहरूमा महिलाको समेत विमानस्थलबाटै तस्करी भइरहेको छ । आकर्षक जागिरको सपना बोकेर जानेहरू कतिपय अलपत्र पर्ने गरेका छन्, केही बेचिने गरेका छन् ।

विमानस्थलका कर्मचारी निगरानीमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव होमनाथ थपलिया पनि विमानस्थलमा केही कर्मचारीले सेटिङमा मानव तस्करी गरिरहेको सूचना आएपछि आफूले निगरानी सुरु गरेको बताउँछन् । ‘सेटिङ हुन्छ भन्ने सुनेपछि बिहीबार म आफैँ डेस्कमा बसेर हेरेँ,’ उनले भने, ‘हामीले अलि कडाइ सुरु गरेका छाैँ ।’ कानुनभन्दा पनि अनुहार हेरेर आफूहरूले निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘भिजिट भिसामा जान नपाइने होइन, तर हामीले अनुहार हेरेर नै निर्णय गर्नुपर्ने अवस्था छ,’ उनले भने । भूपाल बस्नेतलाई त्यसरी पैसा असुलिएको घटनाको छानबिन गर्ने थपलियाले बताए । अध्यागमन अधिकारीले हेर्दा राम्रो लवाइखवाई भएको व्यक्तिलाई भिजिट भिसामा जान दिने अरूलाई रोक्ने गर्दछन् । सेटिङमा जानेहरू भने सबैलाई पठाइने गरेको छ ।

स्रोतका अनुसार एकपटक फर्काइएकाको रेकर्ड अध्यागमनमा हुन्छ । तैपनि त्यो रेकर्ड नहेरी अध्यागमनका कर्मचारीले एकपटक फर्काइएकालाई पनि सेटिङमा विदेश पठाउने गरेका छन् । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले मानव तस्करीलगायत गलत गतिविधि रोक्न पटकपटक निर्देशन दिँदै आएको दाबी गरे ।

प्रहरी हटाएपछि बढ्यो मानव तस्करी
भिजिट भिसामा मानव तस्करी बढेपछि तीन वर्षअघि गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेको कागजपत्र सुरुमा प्रहरीले चेकजाँच गर्र्ने प्रावधान लागू गरेको थियो । तर, गत वर्षदेखि प्रहरीलाई सो जिम्मेवारीबाट हटाइएको छ । ‘दुवै निकायलाई जिम्मेवारी दिएको भए यस्तो संस्थागत मानव तस्करी हुने थिएन,’ विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले भने, ‘दुवैतिर सेटिङ मिलाउन गाह्रो थियो, तर अहिले अध्यागमनमा घुस र मानव तस्करी भयावह भएको छ ।’ स्रोतका अनुसार अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको प्रतिवेदनमा प्रतिव्यक्ति २० हजारदेखि एक लाखसम्म लेनदेन हुने र अध्यागमनका उच्च तहका कर्मचारीकै मिलेमतो रहेको उल्लेख छ ।

आजको नयाँ पत्रिकामा खबर छ ।

वैदेशिक रोजगारीको नाममा हुने मानव तस्करीलाई रोक्नु आवश्यक

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सन्दीप लामिछाने

सन्दीप लामिछाने आइपिएलको अक्सनमा

बहुचर्चित इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को अक्सन लिस्टमा...

rupesh-upreti

अमेरिकामा दुर्घटनामा परी एक नेपालीको मृत्यु

अमेरिकाकाे क्यारोलिना राज्यमा भएकाे सडक दुर्घटनामा एक नेपाली युवक...

indian-electon-office

भारतीय २० सांसदको पद खारेजीमा

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य...

e-kanchhi-chulbule

रमेश विरही आशुँको नयाँ पप गीत “ऐ कान्छी चुलबुले”को भिडियो सार्वजनिक

गायिका उर्मिला प्रजा र रमेश विरही आशुँको नयाँ पप...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK