ट्युमर पीडित आशाको उपचारका लागि कोरियाबाट सहयोग

ENGLISH

NRN GLOBAL

ट्युमर पीडित आशाको उपचारका लागि कोरियाबाट सहयोग

7 January, 2017 | Sandeep Bhattarai | 1015 Views | comments

सहयोग

पाँचथरको फिदिम नगरपालिका– ८ चोकमागुकी २१ वर्षीया आशा तुम्बापोको उपचारका लागि दक्षिण कोरियास्थित तुम्बापो सेवा समाजले रु. दुई लाख ७७ हजार दुई सय सहयोग गरेका छन् ।

आशाको ठूलो आन्द्रामा ट्युमर पलाई आन्द्रा कुहिएर छिनेको अवस्थामा झापाको ओमसाई अस्पताल भद्रपुरमा आकस्मिक शल्यक्रिया भई अहिले थप उपचार भइरहेको छ ।

आशाको उपचारमा हालसम्म रु तीन लाख खर्च भइसकेको र अझै  पाँचदेखि ६ लाखसम्म खर्च हुने उपचारमा संलग्न चिकित्सकले जनाएको आशाका बाबु देशहाङ तुम्बापोले बताउनुभयो ।

आशाको जीवन बचाउन दक्षिण कोरियामा रहेका नेपालीहरुबाट सहयोग रकम सङ्कलन गरी पठाइएको तुम्बापो सेवा समाज दक्षिण कोरियाका प्रतिनिधि अर्जुन तुम्बापोले बताउनुभयो ।

कमजोर आर्थिक अवस्था भएको आशाको परिवारलाई थप सहयोग गर्न आफूहरु पनि लागिरहेको तुम्बापो सेवा समाजका केन्द्रीय सदस्य सुवास तुम्बापोले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आशाको उपचारका लागि विभिन्न स्थानबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ ।

मोरङ–सुनसरी सेवा समाज कतारद्वारा ब्रेन ट्युमर भएका बालकको उपचारमा सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK