टोकियोमा स्याम्पी खड्का बनिन् तीज सुन्दरी

ENGLISH

ENTERTAINMENT

टोकियोमा स्याम्पी खड्का बनिन् तीज सुन्दरी

1 September, 2015 | Sandeep Bhattarai | 605 Views | comments

जापानमा रोजगार, अध्ययन तथा व्यापार व्यवसायका लागि विदेशिएका नेपालीले विदेशमा पनि आफ्नो कला संस्कृतिलाई भुल्न सकेका छैनन् ।

जतिसुकै व्यस्त रहे पनि आफ्नो परम्परालाई सम्झाउन कहिले नाचगान गर्छन् त कहिले विभिन्न कला प्रदर्शनी । त्यस्तै, कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नजिकिँदै गरेको नेपाली हिन्दू महिलाको महान् चाड तीजलाई लक्षित गरी टोकियोमा पहिलो पटक स्थानीय नेपाली महिला समूहले हालै तीज सुन्दरी प्रतियोगिता आयोजना ग¥यो ।

प्रतियोगितामा नेपाली कला संस्कृतिमा उत्कृष्ट कला प्रदर्शन गरेर स्याम्पी खड्काले उपाधि हात पारिन् । प्रतियोगितामा मनिषा खड्का प्रथम र स्मृति राई दोस्रो रनर अप भए । बालप्रतियोगीतर्फ सायुरी खड्काले उपाधि पाएकी छिन् ।

त्यस्तै, नृत्यतर्फ पवित्रा रेग्मीले उपाधि हात पारिन् । राम्रो प्रदर्शनतर्फ रेखा भट्टराई र व्यक्तित्वतर्फ सङ्गीता खत्री विजेता भइन् ।

एक सय ५० जना सहभागीमध्ये १२ प्रतिस्पर्धीबाट वेशभूषा, शृङ्गार, व्यक्तित्व र अभिनय तथा प्रतिभासहित विविध विधाका आधारमा सहभागीलाई उत्कृष्ट घोषित गरिएको प्रतियोगिताका निर्णायक बलराम निराकारले बताउनुभयो ।

तीजलाई लक्षित गर्दै जापानमा विभिन्न सङ्घसंस्थाले दर खानेदेखि नाचगानका कार्यक्रमसम्म सार्वजनिक गरेका छन् । ती कार्यक्रमहरु अर्कोसातादेखि लगातार तीजका दिनसम्म राखिएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

नेपाल र थाइल्याण्डले अंक बाँडे

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी ट्वान्टी ट्वान्टी महिला विश्वकप छनोट अन्तर्गत एशिया क्षेत्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK