टोकियोमा किराँत याक्थुङ चुम्लुङ जापानको तेस्रो महाधिवेशन हुने

ENGLISH

NRN GLOBAL

टोकियोमा किराँत याक्थुङ चुम्लुङ जापानको तेस्रो महाधिवेशन हुने

31 December, 2016 | Bipin Acharya | 1000 Views | comments

गणेश लिम्बू,किराँत याक्थुङ चुम्लुङ जापानको तेस्रो महाधिवेशन आउँदो जनवरी २ टोकियोमा हुने भएको छ । “सहमति, सहकार्य र एकता आजको आवश्यकता, पहिचान सहितको लिम्बूवान स्वायत्तता” भन्ने मूल नाराको साथ सिनओकुबो स्थित बारकाडे होटलमा हुने भएको हो ।
कियाचुका महासचिव भेषराज चेम्जोङका अनुसार महाधिवेशनले २७ कार्यसमिति सदस्य चयन गर्नेछ । अध्यक्ष, महासचिव, उपाध्यक्ष ३, सचिव २, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्य चयन हुने छन् ।

महाधिवेशनमा बन्द सत्र अगाडी गर्ने कि खुल्ला सत्र भन्ने विषयमा टुङ्गोमा पुगी नसकेको महासचिव चेम्जोङले जानकारी दिए । अध्यक्षमा क्रमशः तिलक निङ्लेकू र उज्जल थेबेको उम्मेद्वारी रहेको छ ।

थेबेले अध्यक्षको उम्मेद्वारी घोषणामा संस्थालाई विधि, विधान र सिस्टमले चलाउन, पदाधिकारी तथा सदस्यको पदीय वरीयताको उच्च सम्मान गर्न र लिङ्गीय, भौगोलिक हिसाबले समावेशी बनाउनको लागि अध्यक्षमा उम्मेद्वारी दिएको घोषणा गर्दै सहयोग र समर्थन गर्न अपिल गरेका छन् ।

अथिती तथा हल व्यवस्थापन समितिका सदस्य भविन लावतीका अनुसार महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । महाधिवेशनमा सहभागीको संख्या २०० सयको हाराहारीमा रहने बताइएको छ ।

महाधिवेशनका प्रमुख अथितिमा जनजाति महासंघ जापानका अध्यक्ष पासाङ शेर्पा, विशेष अथितिमा एनआरएन जापानका अध्यक्ष सुदन थापा लगायत विभिन्न जातिय संघ संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको छ ।

किरांत याक्थुङ चुम्लुङ, जापानका अध्यक्ष देवी बहादुर ईङ्नामले जापानमा रहनु हुने सम्पुर्ण लिम्बू दाजुभाई तथा दिदीबहिनीहरुलाई तेस्रो महाधिवेशनमा सहभागीताको लागी हार्दिक अपिल गरेका छन् ।तेस्रो महाधिवेशन लिम्बूहरुको सांस्कृतिक धान नाच, पालाम र केलाङ आदि नृत्य प्रस्तुत गर्दै सम्पन्न गरिने आयोजकले जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK