टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो

ENGLISH

SPORTS

टेनिसले पश्चिमाञ्चललाई पहिलो स्वर्ण दिलायो

25 December, 2016 | Ramji Lamsal | 895 Views | comments

tennis-photoनेपाल सरकार राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पश्चिमाञ्चलले पहिलो स्वर्ण हाता पारको छ । लन टेनिस खेलबाट पश्चिमाञ्चलले पहिलो स्वर्ण जितेको हो । पोखरा रंगशालामा आइतबार पुरुष टिम इभेण्टमा पश्चिमाञ्चलले एपिएफलाई ३–० ले पराजित ग¥यो । पश्चिमाञ्चलका कुमार अधिकारीले श्रीराम मगरलाई ६–३, ६–१ मा तथा नविन मगरले सन्तोष खत्रिलाई ७–६ र ६–३ को सेटमा पराजित गरेका हुन् । यो संगै प्रतियोगितामा सहभागि पाँच विकास क्षेत्र मध्ये पहिलो स्वर्ण जित्ने पश्चिमाञ्चल भएको छ । अहिले सम्म विभागिय बाहेक अन्य कुनै पनि विकास क्षेत्रले स्वर्ण जित्न नसकेको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।
टेनिस खेलमै नेपाल पुलिस क्लवले एक स्वर्ण पदक जितेको छ । पुलिसले आर्मी क्लवलाई ३–० ले पराजित गर्दै महिलातर्फको टिम इभेण्टमा स्वण जितेको हो । पुलिका मायिका राणाले अभिलाषा विष्टलाई ६–१, ६–१ ले, मायांका राणाले ऐरा एम राउतलाई ६–१, ७–५ ले तथा मायांका र मायिकाको जोडीले ऐरा र अभिलाषाको जोडीलाई ६–०, ६–० को सेटमा पराजित गर्दै पुलिका लागि स्वर्ण पक्का गराएका हुन् ।
पोखरा रंगशालामा आइतबार सम्पन्न अन्य प्रतिस्पर्धाहरुमा मेन्स सिंगलतर्फ पूर्वाञ्चलका महेश श्रेष्ठले मध्यमाञ्चलाक अन्जन थिङलाई, मध्य पश्चिमाञ्चलका चन्द्रबहादुर थापाले पूर्वाञ्चलका डेगेन्द्र श्रेष्ठलाई तथा मेन्स डबलमा मध्य पश्चिमाञ्चलका प्रदिप शाह र हिमाल शाहको जोडीले मध्यमाञ्चलका शिवराम मगर र अदित सुवेदीलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाए ।
त्यस्तै महिला सिंगलतर्फ पूर्वाञ्चलका सलोनी तामाङ्गले मध्यमाञ्चलका आल्सा रेग्मीलाई, एपिएफका विभुती कार्कीले मध्यमाञ्चलका रायना शाहलाई, एपिएफका एनि माथेमाले पश्चिमाञ्चला सुभांगि लक्ष्मी शाहलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
ब्ततबअजmभलतक बचभब

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK