टेक्सासमा भएको दोश्रो न्याक सम्मेलनको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी

ENGLISH

NRN GLOBAL

टेक्सासमा भएको दोश्रो न्याक सम्मेलनको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी

विजय थापा, वाशिंगटन डिसी

4 July, 2017 | Sandeep Bhattarai | 670 Views | comments

६ लाख बराबरको नगद तथा पदक प्राप्त

डिसीएफसी बिजयी

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा सम्पन्न दोश्रो नेप्लिज  अमेरिकन कन्भेन्सन (सम्मेलन)मा भएको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी भएको छ l डिसीएफसीले बाल्टिमोर भकुण्डो टोलिलाई अन्तिम खेल(फाइनल )मा हराई युएस डलर ६ हजार डलर (६ लाख नेपाली रुपैया बराबर )को नगद तथा पदक/पुरस्कार प्राप्त गरेको छ l

अमेरिकाको नेपाली समुदाय कै अहिले सम्म कै खेल मध्ये कै सर्बाधिक ठुलो धनराशीको प्रतियोगिताको पुरस्कार डिसीएफसीले हासिल गरेको छ l गत जुलाई २ तारिख अमेरिकाको पूर्वीय समय अनुसार २ बजे खेलिएको खेलमा डिसी क्षेत्र को नेपाली समुदायको चर्चित भकुण्डो टोलि डिसी फुटबल क्लबले बाल्टिमोर भकुण्डो टोलीलाई २-१ ले पराजित गर्दै दोश्रो नेप्लीज अमेरिकन सम्मेलन को भकुण्डो प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् l

अन्तिम खेलमा डिसीएफसीका लोप्साङ्ग तेन्जिन ले दुई गोल गरे भने उनी नै प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भए l डिसीएफसी का टोलि प्रमुख (कप्तान )बिज्ञान श्रेष्ठको नेतृत्वमा गएको सशक्त भकुण्डो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो भने झन्डै ११ बर्ष पछि महत्वपूर्ण प्रतियोगितामा डिसीएफसी बिजयी भएको हो l

डिसीएफसीले युवा होनहार खेलाडी रिजन खत्रीलाई बिशेष धन्यबाद दिएको छ l खत्री बिगतमा डिसी क्षेत्रमा बसेता पनि बसाई सराई गरि अन्य राज्यमा गइ हाल अमेरिकन सेनामा संलग्न रहेता पनि प्रतियोगिताको लागि डिसीएफसीको तर्फ बाट सहभागी भएका थिए l

गत जुन ३० देखि जुलाई २ सम्म सम्पन्न भएको प्लीज अमेरिकन सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरु बाट १२ वटा खेलकुद टोलीहरु सहभागी भएका थिए यसै गरि बास्केट बलमा ८ वटा टोली ,भलिवल ५ वटा टोली ,क्रिकेट ४ वटा टोली तथा महिला तथा बालबालिकाका भलिवल र बास्केट बल खेल पनि संलग्न रहेको थियो l

नेपाली मूलका प्रतिभाशाली भकुण्डो खेलाडी अधिकारी अमेरिकन टोलीबाट बार्सिलोना जादै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन

भारतका पुर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार पाँच बजेर ५...

साफ

महिला यू-१५ साफ फुटबल सेमिफाइनल : भारतसंग नेपाल २-१ ले पराजित

भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल...

फुटबल

एसियाड फुटबलमा नेपाल भियतनामसंग २-० ले पराजित

इन्डोनेसियामा जारी १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा...

नेपाल फिफा वरियतामा १६१ औं स्थानमा यथावत

विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल १...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK