टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर निर्माण हुने

ENGLISH

NRN GLOBAL

टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर निर्माण हुने

5 July, 2017 | Bipin Acharya | 705 Views | comments

करिब दुई वर्षको अनवरत प्रयासपछि टेक्सासको ह्युस्टनमा पशुपतिनाथ मन्दिर एवम् सामुदायिक केन्द्र निर्माण हुने भएको छ । अबको दुई महिनाभित्र सो कार्य सम्पन्न हुने आयोजक नेप्लिज् एसोसिएसन अफ ह्युस्टनले जनाएको छ । ह्युस्टनको रिचमण्डस्थित पशुपतिनाथ र राधाकृष्ण मन्दिर निर्माणका लागि करिब ६८ रोपनी जग्गा नेपाली समुदायले आफनो स्वामित्वमा लिनेछ । जग्गा र मन्दिर खरिदसम्बन्धी कार्य आगामी सेप्टेम्बरको अन्तिम सातासम्ममा पूरा हुने भएको हो ।

हाल सो मन्दिर रहेको ठाउँमा ११ हजार २५० वर्गफिटको पार्किङ, ४ हजार २०० वर्गफिटको भवन छ । जग्गाको लागि ३ लाख ५० हजार डलर मूल्यमा खरिद गरिने र सो स्थानमा पहिलो चरणको कार्य सम्पन्न गर्न ५ लाख अमेरिकी डलर खर्च लाग्ने छ । नेपाली संस्कृति एवम् परम्परा झल्किने मन्दिर र सामुदायिक केन्द्रको स्थापनामा नेपालीहरुको उल्लेखीय सक्रियता रहेको छ ।

योजनाको दोस्रो चरणमा नेपाली वास्तुकला झल्किने पशुपतिनाथ मन्दिर, सामुदायिक भवन, पाहुना घर, पुस्तकालय, बालबालिकाको लागि खेल मैदानजस्ता आवश्यक कुराहरु निर्माण गरिनेछ । आगामी एक महिनाभित्र आवश्यक पाँच लाख डलर रकम संकलन गरिने आयोजकले एक अन्तर्क्रिया कार्यक्रममार्फत बताएको छ ।

अन्तर्क्रियामा एसोसिएसनका अध्यक्ष ज्योति घिमिरे, महासचिव विष्णु नेपाललगायत पदाधिकारीले योजनाबारे विविधरुपले प्रकाश पारेका थिए । ग्रेटर ह्युस्टनमा अर्थ संकलनलाई प्रभावकारी बनाउन क्षेत्रीयस्तरमा संयोजकहरु तोकिएको छ । मिडिया संयोजनको जिम्मेवारी भने तारा बराललाई दिइएको छ । ह्युस्टनमा करिब १५ हजार नेपालीको बसोबास छ ।कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK