टेक्ससमा हुने नेजा भेलाको तयारी पूरा

ENGLISH

NRN GLOBAL

टेक्ससमा हुने नेजा भेलाको तयारी पूरा

14 March, 2016 | Sandeep Bhattarai | 545 Views | comments

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी अधिवेशनलाई मध्यनजर गर्दे मध्य–अमेरिकी क्षेत्रका सदस्यहरु वीच अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आगामी मार्च १९ तारिखको दिन ड्यालसमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको नेजाका क्षेत्रीय उपाध्यक्ष विकासराज न्यौपानेले जानकारी दिनु भएको छ ।

nej

उक्त कार्यक्रममा नेजाको आगामी मे महिनामा हुन लागेको अधिवेशन तथा सदस्यता विस्तारको विषयमा छलफल गर्न क्षेत्रीय भेला आयोजना गर्न लागिएको हो । नेजाका कोषाध्यक्ष बिटु केसी बरालले अमेरिकाको मध्यक्षेत्रमा कार्यरत नेपाली पत्रकारहरुलाई सदस्यता लिन तथा नविकरण गर्न आह्वान गर्नुभएको छ ।

‘कोही पनि सकृय साथीहरु नछुटुन् भन्ने हाम्रो अपेक्षा छ, यो संस्थालाई सबैको साझा बनाउने हाम्रो अभियान हो,’ उहाँले भन्नुभयो । शनिबारको भेलामा नेजा अध्यक्ष गौतम लगायतका पदाधिकारीको समेत सहभागिता रहनेछ ।

‘भेलामा अमेरिकाको टेक्सास, ओक्लाहोमा, कोलोराडो लगायत राज्यमा कार्यरत नेपाली पत्रकारहरुको समेत सहभागिता रहनेछ,’ बरालले भन्नुभयो । इर्विंग शहर ड्यालसको डिएफ्डब्ल्यू एअरपोर्ट होटलमा साँझ ७ बजेदेखि सुरु हुनेछ ।

यस अगाडि नेजाले न्यूयोर्क, भर्जिनिया, लसएञ्जेलसमा यस्तै अन्तरक्रिया सम्पन्न गरिसकेको छ । नेपाल अमेरिका पत्रकार संघले पछिल्ला दुई वर्षमा समुदायमा केन्द्रित विविध कार्यक्रममा अग्रणी भूमिका निर्वाह गर्दे आएको छ । यस पटकको अधिवेशनले २०१६-२०१८ को लागि नयाँ कार्यसमितिको समेत चयन गर्ने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK