टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

ENGLISH

NRN GLOBAL

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

विजय थापा, वाशिंगटन डिसी –

26 September, 2017 | Sandeep Bhattarai | 975 Views | comments

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित गरिएको छ l अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा चौधरीलाई सम्मान गरिएको हो l

गत सेप्टेम्बर २३ तारिखमा सम्पन्न खेलमा क्यर्लिफोर्नियाको सन्निभेल टोलीले डीएफडब्लु हिमालयजलाई ४ -० ले हराउदै बिजेता भएको छ l उक्त प्रतियोगिता मा सर्बोत्कृष्ट खेलाडी सुरज थापा भएका छन् भने रिजेन श्रेष्ठ अत्यधिक गोल गर्ने खेलाडी भएका छन् l

हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेको र यस बर्ष चर्चित पूर्व राष्ट्रिय अग्र पंक्तिका खेलाडी चौधरीलाई आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल टिमले सम्मान गरेको छ l चौधरी उक्त खेलका प्रमुख अतिथि रहेका थिए भने उनले बिजेता समुहलाई पदक तथा पुरस्कार समेत वितरण गरेका थिए l

टोली व्यवस्थापक बिनोद बिष्टले समग्रमा प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएकोमा प्रायोजक ,स्वयमसेवक ,पदाधिकारी ,खेलाडी ,संचार माध्यम तथा समर्थकलाई बिशेष धन्यबाद ज्ञापन गरेका छन् l उक्त प्रतियोगितामा पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भकुण्डो प्रशिक्षक उमेश प्रधान तथा नेपाल का पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी तथा सामाजिक कार्यकर्ता धिरेन गुरुङ्ग ले बिजयी खेलाडी हरुलाई बधाई दिएका थिए l

नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा ६ बर्ष देखि लगातार खेलाई रहेको छ l प्रथम हुने बिजयी टोलिलाई $ १ हजार ५ सय डलर नगद तथा पुरस्कार र द्वितीय हुनेलाई $ ७ सय डलर नगद तथा पुरस्कार सहित जम्मा २ हजार ३ सय डलर बराबर को नगद प्रदान गरियो l

ड्यालस गोर्खाज फुटबल टोलि का प्रबन्धक बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताए l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK