टेक्ससका घरबार बिहीनलाई एचडिएनपी अन्तर्राष्ट्रियले नेपाली भोजन खुवायो

ENGLISH

NRN GLOBAL

टेक्ससका घरबार बिहीनलाई एचडिएनपी अन्तर्राष्ट्रियले नेपाली भोजन खुवायो

10 December, 2017 | Kunjar Bhattarai | 1690 Views | comments

 

विजय थापाअमेरिकाको टेक्सस राज्यमा नेपाली द्वारा संचालित  ‘हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल’ एचडिएनपी अन्तर्राष्ट्रियले घरबार बिहीन तथा अशक्तलाई भोजन गराएको छ । डिसेम्बर ९ तारिख शनिबारका दिन त्रैमासिक रुपमा भोजन गराई रहेको संस्था एचडिएनपी अन्तर्राष्ट्रियले बिशेष नेपाली खाना खुवाएको छ ।

नेपाली खानामा पुलाउ र भात  ,कुखुराको मासु ,सिमि ,सलाद तथा फलफुल आदि खुवाएको छ । अमेरिकाको टेक्सासको आर्लिंगटनमा स्थापित संस्थाले टेक्सस राज्यको ड्यालस को फोर्टवर्थको युनिटी पार्कमा ५ सय भन्दा ज्यादा लाई खाना खुवाएको छ l इशाईहरुको महान चाड क्रिसमस नजदिक आई रहेकोले क्रिसमस खाना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा ड्यालस फिलिपिनो लाइन्स क्लब का स्वयम् सेवक ले ठुलो सहयोग पुर्याएका थिए भने उक्त त्रैमासिक रुपमा भोजन खुवाउनको लागि सहयोग गर्ने प्रायोजक ,स्वयम सेवक तथा कर्मचारीहरुमा विशेष धन्यबाद संस्थापक देवी आचार्यले दिएका छन् ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडिएनपी इन्टरनेसनल ) अमेरिकी सरकारमा दर्ता भै मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।संस्थाले टेक्ससको ड्यालस क्षेत्रमा बसोबास गर्दै आएका घरबार बिहिन ,अशक्त तथा मागेर जीविका चलाउने मानिसहरुलाई खाना खुवाउदै आई रहेको छ ।

उक्त संस्थाले उनीहरुको लागि स्वास्थ्य ,शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ छ भने एचडिएनपी इन्टरनेसनल ले हरेक ३ महिनामा रक्तदान पनि संचालन गर्दै आएको छ ।कुनै पनि संघ/संस्था तथा व्यक्तिगत रुपले आर्थिक सहयोग गर्न चाहनेले संस्था संग सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK