गत आइतवार साँझ अमेरिकाको न्यूयोर्कमा “एनआरएनए अमेरिका हेल्पडेस्क” को दोश्रो मासिक कार्यक्रम विज्ञ फोरम – २ सम्पन्न भएको छ I
चर्चित नेपाली अमेरिकी कानूनी अधिवक्ता विनोद रोका विज्ञ वक्ता रहेको उक्त कार्यक्रम वर्तमान “टीपीएस” विषयमा केन्द्रित थियो I कार्यक्रम एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीको नेतृत्वमा न्यूयोर्क च्याप्टर तथा न्यूयोर्क हेल्पडेस्क सँगको सहकार्यमा सम्पन्न भएको थियो I कार्यक्रमको संचालन चर्चित पत्रकार किरण मरहट्टाले गरेका थिए भने कार्यक्रम विभिन्न नेपाली अमेरिकी अनलाइन मिडियाबाट फेसवुक लाइभ गरिएको थियो I
कार्यक्रममा अधिवक्ता विनोद रोकाबाट निम्न मुख्य जानकारीहरु भएका थिए I
(१) नन-इमिग्रेसन भिसा: जुन २४, २०१९ मा टीपीएस सकिनु अगावै “नन-इमिग्रेसन भिसा” (विद्यार्थी, पर्यटक, ग्रीन कार्ड, आदि) मा हरेक भिसाको मापदण्ड पूरा गरेर जान सकिन्छ I ग्रीन कार्डको हकमा कुनै कम्पनीको “स्पोन्सर” मा “लेबर सर्टिफिकेसन” बाट फाइल गर्न सकिन्छ तर त्यसको लागि विगतमा “स्टेटस बाहिर” भएको भए त्यो १८० दिन भन्दा कम हुनुपर्छ I
(२) प्रवेश निषेध: १८० दिनभन्दा बढी र १ वर्षभन्दा कम “स्टेटस बाहिर” भए अमेरिकामा कम्तिमा “३ वर्ष प्रवेश निषेध” हुनेछ भने १ वर्षभन्दा बढी भए कम्तिमा “१० वर्ष प्रवेष निषेध” हुने कानून छI
(३)टीपीएस सकिएपछिका विकल्पहरु: (क) अमेरिकी नागरिकसँग विहे गरेर ग्रीन कार्ड फाइल गर्ने, (ख) “असाइलम” को मापदण्ड पूरा गरी फाइल गर्ने, (ग) कुनै अपराधबाट पीडित भई फाइल गर्ने,र (घ) विशिष्ठ प्रतिभाशाली व्यक्तित्वको रूपमा फाइल गर्नेI (क) बाहेक अरु सबैमा १८० दिनको हदबन्दी लागू हुन्छI (क) को हकमा जतिसुकै दिन “स्टेटस बाहिर” भए पनि ग्रीन कार्ड फाइल गर्न रोक हुँदैन I
(४)”डिपोरटेसन” अर्डर भएको अवस्थामा: “डिपोरटेसन” अर्डर जारी भएको तर पछि टीपीएस पाएर “एडभान्स्ड परोल” लिई अमेरिका बाहिर गई गर्केरा आई अमेरिकी नागरिकसँग विहे गरेर ग्रीन कार्ड पाएको पनि केस छन् Iतर, गैर-कानूनी रूपमा सीमा पार गरी आएकाहरुले अमेरिकी नागरिकसँग विहे गरेर ग्रीन कार्ड नपाएको अवस्था छ I
(५) कानूनी विश्लेषण: “इमिग्रेसन विभाग” र “अदालत” को फरक विश्लेषण पाइएको छ विश्लेषण क्यालिफोर्नियाको “सर्किट अदालत” ले टीपीएस लाई नै आफैमा एउटा “नन-इमिग्रेनट स्ट्याटस ” मानेको छ भने “इमिग्रेसन विभाग” ले त्यसको फरक “व्यक्तिको सुरुको स्टेटस” लाई मानेको छ विश्लेषणतेस्तै “राज्यको अदालत” र “संघिय अदालत” वीच पनि कानूनी व्याख्यामा फरक छ I “न्यूयोर्क राज्यको सर्किट अदालत” ले हालसालै पक्राउ परेको “पिज्जा डेलिभरी” गर्नेलाई उसको अदालतमा उपस्थित हुने दिन सम्म “डिपोर्ट” नगर्न भने पनि उसले पहिले नै अदालतबाट ” “डिपोरटेसन” अर्डर पाएको अवस्थामा “इमिग्रेसन अधिकारीहरुले” जहिले “डिपोर्ट” गर्न सक्ने कुरा छ I
(६) ठेगाना परिवर्तन: नन-इमिग्रेन्टसहरुले आफ्नो ठेगाना परिवर्तन गरेको १० दिनभित्र “युएससीआइएस.” लाई जानकारी गराउनु पर्छ, नत्र भने २०० डलर वा ३० दिन जेल सजाय छ I
(७) असाइलम: असाइलमको हकमा १८० दिन भन्दा बढी “स्टेटस बाहिर” भएको हुनुहुदैन I असाइलम फाइल गर्दा जम्मा ५ वटा समुहमा फाइल गर्न सकिन्छ -धार्मिक, वर्ण, राष्ट्रियता, राजनैतिक, र विशेष समूह (पत्रकार, मानव अधिकारवादी, लेखक, कलाकार, आदि) I यसमा आफुलाई यी मध्ये कुनैपनि वर्गमा परेकै कारणले ”सार्वजनिक पेर्सिकुसन वा दमन वा अपराध” को पीडित हुनु पर्छI हालैको महान्याधिवक्ता “जेफ सेसन” को निर्णयले “घरेलु हिँसा” वा “व्यक्तिगत पीडा/यातना” को आधारलाई खारेज गरेको छ I
(८) देशबाट निकाला:गैर-कानूनी रूपले अमेरिका छिरेको सीमा देखि १०० माइल भित्र र पार गरेको २ हप्ता भित्र पक्राउ परेको खण्डमा “तुरुन्त डिपोर्ट” हुनसक्ने व्यस्था छI २ हप्ता देखि २ वर्ष सम्मको हकमा “रेगुलर डिपोर्ट” को व्यस्था छ जुन समयमा कानूनी उपचार खोज्न सकिन्छI२ वर्ष भन्दा बढीको हकमा “डिपोर्टको पूर्जी” जारी भई “स्वयम् फिर्ती” गर्न ४ महिना थप समय प्रदान हुने व्यस्था छ, “बिना अपराधको केश”I
(९) विवरण फरक परेको खण्डमा: पहिले भर्दा र अहिले भर्दा टीपीएस मा केहि फरक छ Iकतिपय कुराहरु पहिलेकै भरेकोले भर्नु पर्दैन I त्यहीपनि कथम कदाचित रेकर्ड फरक परेमा त्यसको “जस्टिफाई” गर्न सक्नुपर्छ, नत्र भने त्यो “ठगी” मा पर्छ I
(१०) अन्तमा:हरेक केस फरक हुन्छIहरेक व्यक्तिको अवस्था फरक हुन्छI कुनैलाई पनि “जेनेरलाइज” गर्न मिल्दैनI त्यसैले आफ्नो केस राम्रो प्रमाणित क्षेत्र सम्बन्धि कानूनी विज्ञ/अधिवक्ता लाई देखाउनु पर्छ I कानूनले प्रमाण खोज्छ र हेर्छI त्यो पुर्याउन सक्नुहुन्छ भने आत्तिनु पर्दैन I
विश्वमान आङ्गदेम्बे,
कार्यक्रम संयोजक, विज्ञ फोरम
एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...
चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...
साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...
संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...
विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...
नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...
अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...
पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...
ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...