टि ट्वान्टी विश्वकप : बंगलादेश ओमानलाई हराउदै सुपर टेनमा

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकप : बंगलादेश ओमानलाई हराउदै सुपर टेनमा

14 March, 2016 | Sandeep Bhattarai | 545 Views | comments

टि ट्वान्टी विश्वकप अन्तर्गत हिजो भएको खेलमा बंगलादेश र नेदरल्याण्ड बिजयी भएका छन् । बंगलादेशले ओमानलाई ५४ रनले पराजित गर्दै सुपर टेनमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

India World T20 Cricket Bangladesh Oman

हिजोको खेलमा जसले जित्छ उक्त टोली सुपर टेनमा पुग्ने थियो जसमा टेस्ट मान्यता राष्ट्र बंगलादेशले बाजी मार्यो । टस हारेर पहिले ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १८० रन बनायो । उसका लागि तमीम इकबालको १०३ रनमा अविजित रहे । ६३ बलको समना गरेका उनले १० चौका र ५ छक्का हाने । टी-२० अन्तर्राष्ट्रियमा उनको यो पहिलो शतक समेत हो । साथै टि २० विश्वकप २०१६ मा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै शब्बीर रहमानले ४४ रन बनाउदा सौम्य सरकारले १२ रन बनाए भने सकिब अल हसनले १४ रनमा अविजित रहे ।

ओमानको लागि अजय लाल्चेता र खवर आलिले समान १-१ विकेट हात पारे । १८१ रनको उच्च लक्ष्य लिएर मैदान उत्रेको ओमान दबाबमा देखियो । ७ ओभरमा खेल चलिरहदा वर्षा भयो जति बेला ओमान २ विकेट गुमाएर ४१ रन बनाएको थियो । त्यसपछि खेल रोकियो ।वर्षा रोकिएपछि डकवर्थ लुईस नियमका आधारमा खेल १६ ओभरमा छोट्याइयो र ओमानलेे १५२ रनको लक्ष्य पायो । तर, लगतै फेरि वर्षा सुरु भयो र जतिबेला ओमानले ८.२ ओभरमा ४ विकेट गुमाएर ४५ रन बनाएको थियो । पुन वर्षा रोकिएपछि खेल सुचारु भयो र ओमानले १२ ओभरमा १२० रनको नयाँ लक्ष्य पायो ।

तर, ओमानले ९ विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो । उसका लागि जतिन्दर सिंहले २५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । बंगलादेशको बलर सामू ओमानी ब्याट्सम्यान निरिह देखिए । ओमानका सात ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । बंगलादेशका लागि ४ ओभर बलिङ्ग गरेका सकिब अल हसनले १५ रन दिएर ४ विकेट लिए । बंगलादेशका लागि शतक बनाएका तामिम म्यान अफ द म्याच भए । हिजोको खेलसंगै सुपर टेनको समीकरण पूरा भएको छ । शनिबार जिम्बावेलाई परिजित गर्दै अफगानिस्तान सुपर टेनमा प्रवेश गरिसकेको छ । अब बंगलादेशले सुपर टेनमा भारत, अष्ट्रेलिया, न्यूजिल्याण्ड र पाकिस्तानसंग खेल्नेछ ।

त्यस्तै हिजै भएको पहिलो खेलमा नेदरल्याण्डले आयरल्याण्डलाई १२ रनले पराजित गर्दै सान्त्वना जित दर्ता गरेको छ ।वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्डले ५ विकेट गुमाएर ५९ रन बनाएको थियो । उसका लागि स्टफेन माइबर्गले २७ रन जोडे ।

ned

जवाफमा मैदान उत्रिएको आयरल्याण्डले ७ विकेट गुमाएर ४७ रन मात्र बनाउन सक्यो । उसका लागि पल स्टर्लिङले १५ रन बनाए भने अन्य ब्याट्सम्यान चल्न सकेनन् । आयरल्याण्ड जारी विश्वकपमा जितविहिन हुँदै घर फर्कियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK