टि ट्वान्टी विश्वकप : न्युजिल्यान्डले भारतलाई उसकै मैदानमा धुलो चटायो

ENGLISH

SPORTS

टि ट्वान्टी विश्वकप : न्युजिल्यान्डले भारतलाई उसकै मैदानमा धुलो चटायो

16 March, 2016 | Sandeep Bhattarai | 420 Views | comments

भारतलाई उसकै मैदानमा घुँडा टेकाउदै टि ट्वान्टी विश्वकपमा न्युजिल्यान्डले बिजयी सुरुवात गरेको छ । मंगलबार राति भएको खेलमा भारत न्युजिल्यान्डसंग ४७ रनले पराजित भएको छ ।

India World T20 Cricket India New Zealand

नागपुरमा टस जितेर पहिले ब्याटिंग गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको थियो । सुरुमै विकेट गुमाए पनि न्युजिल्यान्डले धैर्यपूर्ण ब्याटिंग गर्दै पूरै २० ओभरमा खेलेको थियो । उसका लागि कोरे एन्डरसनले ३४ रन बनाएका थिए भने लुकी रोन्चीले अविजित रहदै २१ रन जोडे । त्यस्तै मिचेल सान्टनरले १८ रनको योगदान दिए ।

भारतका लागि रविचन्द्र आश्विन,सुरेश रैना, जस्प्रित बुम्रहा, आशिष नेहरा र रविन्द्र जडेजाले समान १-१ व्केट लिए । १२७ रनको लक्ष्य लिएर मैदान उत्रेको भारत न्युजिल्यान्डका बलर सामू निरिह देखिए । भारतको निरन्तर विकेट झर्ने क्रम रोकिएन र १८.१ ओभरमा सबै विकेट गुमाउदै मात्र ७९ रन बनायो । भारतको लागि महेन्द्र सिंह धोनीको ३० रननै भारतको लागि उच्च रन रह्यो ।

त्यस्तै विराट कोहलीले २३ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । भारतका ७ ब्याट्सम्यान दोहोरो अंक नजोडी आउट भए । न्युजिल्यान्डको लागि मिचेल सान्टनरले ४ विकेट लिए भने इश सोधीको भागमा ३ विकेट रह्यो । न्युजिल्यान्ड़का मिचेल सान्टनर म्यान अफ द म्याच भए ।

टि ट्वान्टी अन्तर्गत बुधबार दुई खेल हुँदैछन् पहिलो खेलमा बंगलादेश र पाकिस्तान भिड्दैछन् भने दोस्रो खेलमा इंग्ल्यान्ड र वेष्टइन्डिज आमने सामने हुनेछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याग्दीको तराई

म्याग्दीको तराई

म्याग्दीको तराईको रुपमा परिचित बेनी नगरपालिका १ रत्नेचौर ।...

युएईमा सिन्धुपाल्चोकका एक युवकको मृत्यु

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (युएई )पुगेका सिन्धुपाल्चोकका...

नेत्रहीन क्रिकेट खेलाडी युएईमा सम्मानित

एकदिवसीय विश्वकप क्रिकेट खेलेको नेपाली नेत्रहीन क्रिकेट खेलाडी दुबईमा...

भरतबहादुर रायमाझी

स्पेनका लागि पहिलो नेपाली राजदूत रायमाझी म्याड्रिड आउँदै

नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ।...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK